नेभिगेशन
समाज

ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

काठमाडौँ । ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लागेको तथ्य सार्वजनिक भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि निषेधित क्षेत्रमा हर्न बजाएको विषयमा ट्राफिक प्रहरीले चालकलाई सोधपुछ गर्न थालेपछि केहीबेर विवाद भएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

बिहान करिव १०ः४१ बजे बजे हर्न निषेधित क्षेत्रमा हर्न बगाएको भनी मुलपानी कलंकी चल्ने रिद्धिसिसिद्धी यातायातको बस चालक र ट्राफिक प्रहरी बीच विवाद हुँदा बस चालक काभ्रेका दाबा लामाले बसलाई त्यहीँ छाडेर हिँडेका थिए ।

उनै चालक दिउँसो १२ः१६ बजे पुनः बसमा आई केही प्रज्वलनशील पदार्थ छर्की बसमा र आफूलाई समेत आगो लगाएको प्रहरीको भनाइ छ । आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । करिव १५ मिनेटपछि पुगेको दमकलले आगो निभाएको थियो ।

बसभित्रै आफैंलाई आगो लगाएका चालक लामाको अवस्थामा भने गम्भीर छ । उनलाई प्रहरीले बसबाट निकाली कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको छ ।

करिव दुई महिनाअघि त्रिपुरेश्वरमै मुगुका गणेश नेपालीले महानगर प्रहरीसँगको विवादपछि आफैंलाई आगो लगाएर आत्मदाह गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई निबार्ध रूपमा धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन्।
ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुनर्गठनको प्रश्नको उत्तर महाधिवेशनले दिइसकेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर २७ गते महाधिवेशन...
एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनको पक्षमा बोल्नेहरूप्रति कडा टिप्पणी गरेका छन्। सोमबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अनुशासनहीनता बढेको भन्दै नियन्त्रण गरेर...