नेभिगेशन
समाज

पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

पाल्पा । लगातारको वर्षापछि आएको पहिरोमा परी जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा दुई जनाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो ।

Ncell
Extreme Energy

दुवै जनाको शव निकालिएको छ । दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । 

यसैगरी, पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको  छ ।

घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले राससलाई जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।
पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि आज पनि पूर्ण रूपमा अवरुद्ध रहने भएको छ।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा बाढीले बगाएर क्षति पुगेको छ।
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।