नेभिगेशन
समाज

लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

धनुषा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायतका क्षेत्रको निरीक्षण गरेका हुन् ।

Marvel
Extreme Energy

अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको निर्माण अवस्था, प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिएका थिए । उनले लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित प्राविधिक तथा प्रशासनिक निकायलाई निर्देशन दिए । 

विकास आयोजना कागजमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष लाभ पाउनेगरी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले निर्माणको गुणस्तर र निर्धारित समयसीमामा सम्झौता नगर्न आग्रह गरे । स्थानीय आवश्यकता र जनताको मागअनुसार योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

यसै क्रममा मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । जनकपुरधामलाई व्यवस्थित, आकर्षक र अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको उनले जानकारी दिए ।

उनले जनकपुरधामस्थित मणिमण्डपको अवलोकन गरी त्यसको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका सम्भावनाबारे जानकारी लिए । मणिमण्डपलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै मन्त्री लम्सालले यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्ने बताए ।

    त्यसैगरी, रामजानकी स्टेडियमको निरीक्षण गर्दै उहाँले खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउनुभयो । स्टेडियमलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक पहल गरिने उहाँको भनाइ थियो ।

मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री लम्सालले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताउनुभयो ।  अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न कोप–३१ मा विशेष पहल गरेको छ ।
नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

नेपालमा ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।
पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र, हिमनदी र तिनमा निर्भर समुदायले भोगिरहेका समस्या सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) अन्तर्गत छुट्टै कार्ययोजना स्थापना गर्ने प्रस्ताव गरिएको छ...
सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन ।