नेभिगेशन
समाज

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुई महिनामा १३ हजार यात्रुले गरे अन्तर्राष्ट्रिय यात्रा

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ। फ्लाइ दुबईले दुई महिनाको अवधिमा दुबई–पोखरा–दुबई मार्गमा गरेको उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाइ दुबईले गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म दुईतर्फी १२२ उडान गरेको थियो। यस अवधिमा दुबईबाट पोखरा आठ हजार ११५ यात्रु आएका थिए भने पोखराबाट पाँच हजार ३५९ यात्रु दुबई गएका थिए।

Marvel
Extreme Energy

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानको सम्भावना बढाएको बताए।

उनले पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस मार्गमा यात्रुको सङ्ख्या अझ बढ्न सक्ने बताए। नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्दा काठमाडौँस्थित भारतीय दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था छ। यसका लागि दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए।

विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइ दुबईले पहिलोपटक यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन

मागअनुसार ग्यास आयात बढाउन निगमको निर्देशन

नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यासको आयात बढाउन उद्योगहरूलाई निर्देशन दिएको छ।
यस हिउँदमा नेपालमा बढी वर्षा कि कम? मौसमी पूर्वानुमानमै देखियो मतभेद

यस हिउँदमा नेपालमा बढी वर्षा कि कम? मौसमी पूर्वानुमानमै देखियो मतभेद

यस वर्षको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा हुन्छ कि कम भन्ने विषयमा अन्तर्राष्ट्रिय मौसमी पूर्वानुमानबीच मतभेद देखिएको छ।
मलद्वार र भित्री वस्त्रमा लुकाइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

मलद्वार र भित्री वस्त्रमा लुकाइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।
सुनचाँदीको मूल्य निरन्तर घट्दो, एकै दिन घट्यो साढे ६ हजार

सुनचाँदीको मूल्य निरन्तर घट्दो, एकै दिन घट्यो साढे ६ हजार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको...