नेभिगेशन
सबै कुरा

ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

२२ भदौ,  बागलुङ -  असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ । सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत दर्जनौँ गाउँसम्म पुग्ने सडक ठप्प छन् । ठप्प सडक असोज लागे मात्रै खुल्ने भएका छन् । त्यसबेलासम्म मान्छेले नै बोकेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । करिब दुई महिनाअगाडि पहिरोले अवरुद्ध भएको सडक अहिलेसम्म सञ्चालनमा नआएको निसीखोला–१ का तुल्सीराम घर्तीले बताए । गाउँको तल्लो क्षेत्रसम्म सडक सञ्चालनमा रहे पनि माथिल्लो क्षेत्र पूर्ण रुपमा ठप्प भएको उनको भनाइ छ । 

Ncell
Extreme Energy

सडक अवरुद्ध हुँदा बुर्तिबाङ, देविस्थान लगायतका बजारबाट सामान ढुवानी गर्न नसकिएको घर्तीको भनाइ छ । केही दिनदेखि वर्षा रोकिएको हुँदा अब गाउँपालिकाले सडक खुलाउने उनको विश्वास छ । जेठमा जोहो गरेर राखेका खाद्यान्न सबै सकिन थालेको भन्दै स्थानीयवासीले बोकेरै बजारबाट सामान ल्याउन थालेको घर्ती बताउँछन् ।

‘पहिले–पहिले यस्तो सडक थिएन, गाडी पनि गाउँमा जाँदैन्थे, अहिले सडक घरै अगाडि पुगेको छ, तर बर्खामा गाडी गुड्दैनन्, बर्खामा गाडी नगुड्दा यात्रा गर्न र बजारदेखि सामान ल्याउन निकै गाह्रो हुँदो रैछ’, घर्ती मगरले भने, ‘गाउँमा बल्ल मकै पाक्दैछ, नुन, चामल सबै बजारबाट ल्याउनुपर्ने, दुई महिनासम्म बजार जान पाइएको छैन, चाँडबाड पनि आउन लागे, अब बोकेरै भए पनि चाहिने सामान ल्याउनुपर्ने भयो, सडक खुल्न त अझै महिना दिन लाग्ला, त्यस बेलासम्म भोकै बस्न भएन, घरमा खानेकुरा सकिन थाल्यो ।’

जिल्लाको तमानखोला गाउँपालिकाका धेरै गाउँमा असार दोस्रो सातादेखि नै गाडी सञ्चालन हुन सकेका छैनन् । नर्जाखानी, पात्ले, भित्रिवन, खुङ्खानी, थास्पुरी लगायतका गाउँका बासिन्दाले घोडा खच्चड र मान्छेले नै बोकेर ल्याएका सामान उपभोग गर्दै आएका छन् । स्थानीयवासी मीनबहादुर सिर्पालीले गाउँमा पुग्न बोङ्गादोभान बजारदेखि चार स्थानमा खोला तर्नुपर्ने जनाउँदै अहिले पानीको बहाव बढ्दा समस्या भएको बताए । एउटै खोलामा चार स्थानमा पुल आवश्यक पर्ने हुँदा अहिलेसम्म कुनै पनि ठाउँमा पुल नबन्दा समस्या भएको सिर्पाली बताउँछन् । 

‘सडकले हिउँदमा त निकै सहज बनाइदिएको छ, तर बर्खामा भने समस्या बनाउँछ, बाटो बन्द भएपछि हिँडेर बजार आउनुपर्छ, हिँडेरै फर्किनुपर्छ, पहिले–पहिले धेरै ठूलो भारी बोकेर हिँड्दा पनि गाह्रो हुँदैन्थ्यो, अहिले गाडीले गर्दा बानी बिग्रिएर थोरै सामान बोक्न पनि गाह्रो पर्छ”, उनले भने, ‘अब बर्खा सकिन लाग्यो सडक खुलाउलान्, यो बर्खाको समय त निकै सास्ती खेप्नुपर्ने, कतिबेला कहाँ पहिरोले पुर्छ भन्ने डर, कति बेला बाढीले बगाउँछ भन्ने डर हुन्छ ।’

बर्खा कम हुँदै गएपछि खोलामा पानीको बहाव घट्दै गएको हुँदा अब केही समयमै सडक खुलाउने प्रयास गर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । लामो समयदेखि ग्रामीण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएकाले भौगोलिक विकटताका कारण वर्षौंदेखि समस्या झेल्दै आएको उनको भनाइ छ । ग्रामीण सडकमा धेरै समस्या नभएको भन्दै खोलाका कारण यातायातका साधान सञ्चालन हुन नसकेको अध्यक्ष बुढा मगर बताउँछन् ।

त्यस्तै केही दिनयता वर्षा रोकिएको हुँदा खोलामा पानीको बहाव पनि कम हुँदै गएको जनाउँदै अब केही दिनमा सबै शाखा सडकहरु खुलाउने तयारी रहेको अध्यक्ष बुढा मगरले बताए । वडा नम्बर २ को खोलेस्बाङ लगायत अन्य गाउँमा बाह्रै महिना सडक सञ्चालन नहुने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...
चोरिएका ५० मोटरसाइकल भेट्टायो ट्राफिकले

चोरिएका ५० मोटरसाइकल भेट्टायो ट्राफिकले

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५० वटा  मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।