नेभिगेशन
समाज

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह नगरपालिका–६  कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गए राति सोही नगरपालिका–१ स्थित दशगजा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 

Marvel
Extreme Energy

बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका–९ पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 
बच्चा अपहरणमा परेको सूचना पाए लग्तैबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजतलाश अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरार्इ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

शिक्षामा बजेट वृद्धि, आवास सुविधा विस्तार र बढ्दो महँगी नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका छन्।
जापानका लागि प्रस्तावित राजदूत थापाको सोमबार संसदीय सुनुवाइ हुने

जापानका लागि प्रस्तावित राजदूत थापाको सोमबार संसदीय सुनुवाइ हुने

जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबार हुने भएको छ।
सर्वोच्चको पूर्ण बैठकमा के भयो छलफल?

सर्वोच्चको पूर्ण बैठकमा के भयो छलफल?

सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) मा न्यायालयमाथि पछिल्ला दिनमा उठेका विभिन्न प्रश्न र समसामयिक विषयमा छलफल भएको छ ।
मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।