नेभिगेशन
समाज

मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन् ।

Marvel
Extreme Energy

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवले तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको बताए । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने सहमति भइनसकेको उनको भनाइ छ ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको बताए । चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्‍याइने उनले जानकारी दिए ।

नयाँ राजनीतिक समीकरण बनेसँगै तीनवटै दलले सरकारको नेतृत्वमा दाबी गर्दै आएका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राख्दै आएको छ ।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताए ।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा अहिले कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक  होटलमा आगलागी भएको छ।
काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो।
अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने

अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने

मौसम विश्लेषक बिनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै छ।