नेभिगेशन
समाज

नेपाल टेलिकमले ८० कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्न लागेको जनाएको हो।

Extreme Energy

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

टेलिकमले सार्वजनिक गरेको विज्ञापनअनुसार नवौँ तहमा उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत एक–एक जना माग गरेको छ।

त्यस्तै, टेलिकम इन्जिनियर १० जना, सहायक प्रशासकीय अधिकृत ९ जना, टेलिकम टेक्निसियन ९ जना, चौथो तहका सहायक १७ जना र तेस्रो तहका जुनियर टेक्निसियन १२ जना माग गरिएको छ।

टेलिकमले खुला तथा समावेशी समूहअन्तर्गत यी पदमा प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने जनाएको छ।

11_502w1Z4wAb-1793339945.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो।
अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने

अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने

मौसम विश्लेषक बिनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै छ।
होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !

होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !

कुनै व्यक्तिले आफू प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्छ भन्दैमा न्यायाधीशले उसलाई भेट्नुपर्ने बाध्यता रहन्छ? प्रधानमन्त्रीको प्रतिनिधि भएको दाबी गर्दैमा पत्याइहाल्नुपर्छ त? त्यसको विश्वसनीयता बुझ्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीको प्रतिनिधि...

भर्खरै