नेभिगेशन
समाज

शिक्षा र महँगीविरुद्ध इटालीमा जारी छ विद्यार्थीको प्रदर्शन

काठमाडौं। शिक्षामा बजेट वृद्धि, आवास सुविधा विस्तार र बढ्दो महँगी नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यार्थीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र जीवनयापनको बढ्दो लागतको विरोध गरेका हुन्।

Marvel
Extreme Energy

विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने, पाल टाँगेर विरोध शिविर स्थापना गर्ने र विभिन्न कार्यक्रममार्फत सरकारमाथि दबाब दिँदै आएका छन्। शुक्रबारको प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ।

रोमस्थित काभोर विद्यालयकी विद्यार्थी सङ्गठनकी प्रवक्ता १८ वर्षीया लौरा टेरेसीले शुक्रबार ठूलो सङ्ख्यामा विद्यार्थी सडकमा उत्रने र विद्यालय अवरुद्ध गर्ने बताएकी छन्।

मिलानमा अक्टोबर १७ र १८ मा युवाहरूले सवारीसाधनमा आगजनी गर्नुका साथै पसलहरूमा लुटपाट गरेका थिए। त्यसपछि अधिकारीहरूमा पुनः हिंसा भड्किन सक्ने चिन्ता बढेको छ।

प्राध्यापक रोजारियो फोर्लेन्जाका अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कटले युवाहरूमा अनिश्चितता तथा भविष्यप्रति निराशा बढाएको छ। राजनीतिक रूपमा पर्याप्त प्रतिनिधित्व नपाएको र नेतृत्वले आफ्ना समस्या बेवास्ता गरेको युवाहरूको गुनासो छ।

यसैबीच, वामपन्थी श्रमिक सङ्गठन युएसबीले शुक्रबार आमहडताल आह्वान गरेको छ। सरकारले प्रदर्शन नियन्त्रणका लागि नाबालिगलाई हिरासतमा लिन सहज बनाउनुका साथै सार्वजनिक जमघटसम्बन्धी कानुन कडा पारेको छ।

मध्यपूर्वको युद्धका कारण इन्धनको मूल्य बढेपछि प्रभावित ट्रक चालक, किसान र माछा मार्नेहरूलाई लक्षित गरी सरकारले १७ करोड ५२ लाख युरोको सहायता प्याकेज स्वीकृत गरेको छ।

सन् २०२७ को प्रस्तावित बजेटमा ३० वर्षमुनिका श्रमिकलाई वार्षिक दुई हजार ५०० युरो बोनस दिने योजना पनि समेटिएको छ। प्रधानमन्त्री मेलोनीले सरकारी उपायबाट राज्यले उपेक्षा गरेको महसुस गरिरहेका युवालाई सहयोग पुग्ने आशा व्यक्त गरेकी छन्। तर, तोडफोडमा संलग्न हुनेहरू भने त्यस्ता सुविधाका हकदार नहुने उनले स्पष्ट पारेकी छन्।

मनोचिकित्सक म्याटिओ लान्सिनीले विद्यालयहरू युवाका आवश्यकताबाट टाढिएको टिप्पणी गरेका छन्। पेन्सन प्रणालीभन्दा युवाका आवश्यकता केन्द्रमा राखेर शैक्षिक प्रणालीमा आधारभूत परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। सामाजिक सञ्जाललाई मात्र दोष दिएर युवाको असन्तुष्टिको वास्तविक कारणबाट उम्कन खोजिएको उनले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन्।
डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठाेक्किँदा १० जना घाइते

डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठाेक्किँदा १० जना घाइते

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच  के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्य र खेलकुद कूटनीतिबारे छलफल भएको छ।
एनप्याब्सन किन पर्‍यो निलम्बनमा?

एनप्याब्सन किन पर्‍यो निलम्बनमा?

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।