नेभिगेशन
समाज

राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालमा रगत अभाव हुन थालेपछि त्यसलाई कम गर्ने उद्देश्यले राप्रपाले शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले ९५औँ पटक रक्तदान गरेका हुन्। अस्पतालमा रगत अभाव हुन थालेको जानकारी पाएपछि पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए।

Marvel
Extreme Energy

अध्यक्ष लिङ्देनले रक्तदानलाई औपचारिक कार्यक्रम वा एकदिने अभियानका रूपमा मात्र नलिई जीवनभर आत्मसात् गर्नुपर्ने सामाजिक तथा मानवीय जिम्मेवारीका रूपमा लिन आग्रह गरे। मानवीय सेवाको भावना आत्मसात् गर्दै रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे।

रक्तदान कार्यक्रममा राप्रपाका सांसद खुस्बु ओली, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायत पार्टीका कार्यकर्ता सहभागी भई रक्तदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा, काठमाडौँको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा, काठमाडौँको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औंल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भुमि प्रशासन कार्यालय डिल्लीबजारले काठमाडौं महानगरपालिकातो ७ वटा वडाको ३०२ रोपनी...
पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफलमा सभापति लामिछाने

पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफलमा सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूलाई छलफलमा बोलाएका छन्।
डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठाेक्किँदा १० जना घाइते

डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठाेक्किँदा १० जना घाइते

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच  के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्य र खेलकुद कूटनीतिबारे छलफल भएको छ।