नेभिगेशन
समाज

पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफलमा सभापति लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूलाई छलफलमा बोलाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले अहिले ती सांसदहरूसँग बूढानीलकण्ठस्थित निवासमा छलफल गरिरहेको रास्वपा उच्च स्रोतले जानकारी दियो।

Marvel
Extreme Energy

‘सर्वोच्चका न्यायाधीशहरूमाथि उठेको प्रश्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभापतिज्यूले बोलाउनुभएको हो,’ उच्च स्रोतले भन्यो।

छलफलमा पार्टी उपसभापति एवं कानुन, न्याय तथा संघीय मामिला मन्त्री सोबिता गौतम, कानुन पृष्ठभूमिका सांसदहरू र पार्टीका पदाधिकारी तहका अन्य नेताहरू सहभागी रहेको स्रोतले बतायो।

स्रोतका अनुसार न्यायाधीशहरूमाथि प्रश्न उठेपछि यसको संवैधानिक निरूपण लगायतका विषयमा छलफल भइरहेको हो। सर्वोच्चका न्यायाधीश हरि फुयाल लगायतले बिचौलिया इनम सापकोटासँग संवाद गरेको तथ्य बाहिरिएपछि सांसद यज्ञमणि न्यौपानेले संसद् अधिवेशन बोलाउनुपर्ने धारणा राखेका थिए। त्यस्तै, अर्का सांसद राजीव खत्रीले पनि अब महाभियोगतर्फ किन नजाने भन्दै धारणा राखेका थिए।

रास्वपा नेताहरूले पनि यसप्रति संवेदनशील भएर विषय निरूपण गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नजिकका समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, सुनको मूल्य कन्भर्टर, विदेशी मुद्रा विनिमय दर, मुद्रा कन्भर्टर, डकुमेन्ट...
पत्रकार विश्वमणि सुवेदी पक्राउ

पत्रकार विश्वमणि सुवेदी पक्राउ

पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन्। उनी नेपाल प्रेसमा आबद्ध छन्।
कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द

कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द

अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द गरिएको छ ।
चैतयता १२० फर्म तथा कम्पनी कालोसूचीमा

चैतयता १२० फर्म तथा कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद प्रक्रियामा जिम्मेवारी पूरा नगर्ने तथा प्रचलित कानुन र प्रक्रियाको पालना नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा परेका छन् ।