नेभिगेशन
समाज

रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा, काठमाडौँको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

काठमाडौँ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४, ५,८,९,१०,१२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका रूपमा औंल्याइएका जग्गा संरक्षण तथा सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भुमि प्रशासन कार्यालय डिल्लीबजारले काठमाडौं महानगरपालिकातो ७ वटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो।

Marvel
Extreme Energy

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा ल्याउने कार्य शुरु गरेको छ।

प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमिप्रशासन तथा नापी कार्यालयका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्यसचिव रहेका छन्।

रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो। सोही प्रतिवेदनलाई मन्त्रालयले लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने कार्य शुरु गरेको हो।सरकारले रावल आयोगले ‍औल्याएको सम्पुर्ण जग्गा छानवीन गरी सरकारको नाममा ल्याउने कार्य शुरु गरी सकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नजिकका समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, सुनको मूल्य कन्भर्टर, विदेशी मुद्रा विनिमय दर, मुद्रा कन्भर्टर, डकुमेन्ट...
पत्रकार विश्वमणि सुवेदी पक्राउ

पत्रकार विश्वमणि सुवेदी पक्राउ

पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन्। उनी नेपाल प्रेसमा आबद्ध छन्।
कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द

कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द

अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द गरिएको छ ।
चैतयता १२० फर्म तथा कम्पनी कालोसूचीमा

चैतयता १२० फर्म तथा कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद प्रक्रियामा जिम्मेवारी पूरा नगर्ने तथा प्रचलित कानुन र प्रक्रियाको पालना नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा परेका छन् ।