नेभिगेशन
समाज

डिजेल ट्यांकर, हाइस र मोटरसाइकल ठाेक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल आयल निगमको अमलेखगन्ज डिपो नजिक बिहीबार दिउँसो करिब १२ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

Marvel
Extreme Energy

प्रहरीका अनुसार अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो। त्यसपछि हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्यांकर चालक, हाइस चालक, मोटरसाइकल चालक र हाइसमा सवार यात्रु गरी १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई चालकसहित सबैको अवस्था सामान्य रहेको छ।

घाइतेहरूको अमलेखगन्जस्थित स्थानीय अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ।

दुर्घटनापछि अवरुद्ध सडक एकतर्फी सञ्चालन गरिएको थियो। दिउँसो १ः५५ बजेदेखि भने दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगन्जमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफलमा सभापति लामिछाने

पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफलमा सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूलाई छलफलमा बोलाएका छन्।
राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच  के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्य र खेलकुद कूटनीतिबारे छलफल भएको छ।
एनप्याब्सन किन पर्‍यो निलम्बनमा?

एनप्याब्सन किन पर्‍यो निलम्बनमा?

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।