नेभिगेशन
सबै कुरा

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

काठमाडाैँ । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।

बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन । 

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

जेनजी आन्दोलनका अभियन्ता डा। निकोलस भुसाल पक्राउ गरेकोमा उनले गृहमन्त्री अर्यालसँग असन्तुष्टि पोखेका छन् । निकोलस भुसाल र एमाले नेता महेश बस्नेतको अभिव्यक्ति एकै प्रकृतिको भए पनि गृहमन्त्री...
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटघाट, निर्वाचनको तयारीका विषयमा चर्चा

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटघाट, निर्वाचनको तयारीका विषयमा चर्चा

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताए ।
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै