नेभिगेशन
सबै कुरा

संसद्मा कांग्रेसलाई मार्सल

काठमाडौं । सहकारी ठगीका सन्दर्भमा संसदीय समिति बनाउने विषयले मूर्तरूप लिन नसकेपछि संसद्मा आइतबार पनि तनाव उत्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद्को गतिविधि प्रभावित भएपछि सभामुख देवराज घिमिरेले मार्सल प्रयोग गरेर संसद्को गतिविधि अघि बढाएका छन् । विशेष र शून्य समयको कार्यसूची हटाएर सभामुखले  सदनको अन्य कारबाही अघि बढाएका छन् । 

Ncell
Extreme Energy

जसअनुसार अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण सदनमा प्रस्तुत गरेका छन् । अर्थमन्त्री पुनलाई रोष्टममा जानबाट कांग्रेसका सांसदहरुले रोकेपछि केहीबेर धकेला धकेल भएको थियो । लगत्तै मर्यादापालकहरुले कांग्रेसका सांसदहरूलाई रोकेका थिए । त्यसपछि कांग्रेसका सांसदहरू बेल घेरेर विरोध जनाई रहेका छन् भने सभामुखले मार्सल लगाएर सदनको गतिविधि अघि बढाएका छन् । 

वर्षमान पुन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम पास गर्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको प्रस्ताव माथि छलफल जारी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।