नेभिगेशन
सबै कुरा

संसद्मा कांग्रेसलाई मार्सल

काठमाडौं । सहकारी ठगीका सन्दर्भमा संसदीय समिति बनाउने विषयले मूर्तरूप लिन नसकेपछि संसद्मा आइतबार पनि तनाव उत्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद्को गतिविधि प्रभावित भएपछि सभामुख देवराज घिमिरेले मार्सल प्रयोग गरेर संसद्को गतिविधि अघि बढाएका छन् । विशेष र शून्य समयको कार्यसूची हटाएर सभामुखले  सदनको अन्य कारबाही अघि बढाएका छन् । 

Ncell
Extreme Energy

जसअनुसार अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण सदनमा प्रस्तुत गरेका छन् । अर्थमन्त्री पुनलाई रोष्टममा जानबाट कांग्रेसका सांसदहरुले रोकेपछि केहीबेर धकेला धकेल भएको थियो । लगत्तै मर्यादापालकहरुले कांग्रेसका सांसदहरूलाई रोकेका थिए । त्यसपछि कांग्रेसका सांसदहरू बेल घेरेर विरोध जनाई रहेका छन् भने सभामुखले मार्सल लगाएर सदनको गतिविधि अघि बढाएका छन् । 

वर्षमान पुन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम पास गर्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको प्रस्ताव माथि छलफल जारी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...