नेभिगेशन
सबै कुरा
मन्त्रिपरिषद् बैठक :

अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन राष्ट्रपति स्वीट्जरल्याण्ड जाने

काठमाडाैँ। राष्ट्रपति रामचन्द्र पौडेल अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो ।

बैठकले त्यसलगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमण समेत स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले दिइन् । त्यस्तै नेपाल न्यायसेवा तर्फको राजपत्राङ्कीत बिशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, याम बहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमश नायव महान्याधीवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्टार पदमा पदस्थापन गर्ने निर्णय गरेको उनले जानकारी दिइन् । 

CG

मन्त्रिपरिषद् बैठकले वन दोश्रो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ भने तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल

आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल

उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए । अर्थतन्त्रलाई टेवा पुग्नेगरी आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने स्पष्ट नीति...
परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...