नेभिगेशन
सबै कुरा
मन्त्रिपरिषद बैठक :

अब कानून बमोजिम इजाजत प्राप्त गरेकै भरमा हातहतियार बोकेर हिँड्न नपाइने

काठमाडाैँ ।  सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् ।

CG

यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरि निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन । 

त्यस्तै बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरिएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको नाममा बिभिन्न ठाँउमा रहेको जग्गा मध्ये पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानविन एवं अचल सम्पतीको खोज र लगत संकलन गरि प्रतिवेदन पेश गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले क्रिकेट सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरेपनि भिसा प्राप्त नभएको भन्दै भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको भएको बताइन । उनले अहिलेको मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलव बृद्धि गर्न नसकिएको स्पष्ट पारिन् । 

प्रवक्ता शर्मा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिदा आवश्यक भन्दा बढि मत आएकाले अहिले सरकारलाई अप्ठेरो पर्ने अवस्था नरहेको जिकिर गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल

आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न असहज हुनेः अर्थमन्त्री खनाल

उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए । अर्थतन्त्रलाई टेवा पुग्नेगरी आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने स्पष्ट नीति...
परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...