नेभिगेशन
सबै कुरा

‘बाँझो जमिन उपयोग र बाँदर आतंक नियन्त्रण गर्न गाँजा खेतीले सहयोग पुर्याउँछ’

काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास सचिव दीपक खरालले नेपालेले व्यवसायिक गाँजा खेती गरेर धेरै लाभ उठाउन सक्ने बताएका छन् । शुक्रबार संघीय संसदको कृषि समितिले आयोजना गरेको नेपालमा गाँजा खेती र सम्भावनाबारे सरोकारवालाहरूसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले आयोजना गरेको छलफलमा बोल्दै सचिव खरालले औषधीय गुण र औद्योगिक प्रयोजनमा गाँजालाई लगाउने गरी व्यावसायिक खेती गर्न सकिने बताए । संयुक्त राष्ट्र संघले सन् २०२० मा गाँजालाई लागू पदार्थको समूहबाट हटाए र वैज्ञानिक र औषधीय अन्वेषणको वस्तु भएको ठहर गरेको उनको भनाई छ । 

Ncell
Extreme Energy

संयुक्त राष्ट्र संघले एउटा वैज्ञानिक समूह बनाएर गरेको अध्ययन पछि सन् २०२० मा संयुक्त राष्ट्र संघले यसलाई अनुसूची ४ बाट हटाएर एक अनुसन्धानात्मक उपयोगी वस्तुको रुपमा अघि बढाउने निर्णय गरेको हो,’ सचिव खरालले भने ‘नेपालमा यसको सम्भावना छ । आवश्यक कानुनी सहजीकरण गरेर नेपालले व्यवसायीक खेती गरेर काम गरेको खण्डमा नेपालको हित हुन्छ ।’  समितिमा गाँजा खेती बारेकाे छलफल जारी छ ।

समितिमा खरालले गाँजाको व्यवसायिक खेती र नेपालको सम्भावनाबारे राखेको विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

सन् १९६१ मा संयुक्त राष्ट्र संघले गाजाँलाई हानिकारक लागू औषधीय वनस्पतिको रुपमा निषेधपूर्ण लागू पदार्थको सूचीमा राखेको थियो । यो वनस्पतीर्लाइ त्यतीबेला अनुसूची ४ मा राखिएको थियो । 

तर, विश्वभर गाँजाबारे भएको अनेकन अनुसन्धानमा यो वस्तु औषधिय गुण र औद्योगिक वनस्पति र वस्तुको रुपमा परिचित भएपछि राष्ट्र संघले एउटा स्वतन्त्र विज्ञ समूह बनाएर अध्ययान गरेको थियो । 

वैज्ञानिक समूहले वैज्ञानिक र औषधिय अन्वेषणको वस्तुको रुपमा गाँजाको पहिचान स्थापित गरेका थिए । त्यसपछि सन् २०२० मा संयुक्त राष्ट्र संघले यसलाई अनुसूची ४ बाट हटाएर एक वैज्ञानिक अनुसन्धानात्मक र उपयोगी वस्तुको रुपमा अघि बढाउने निर्णय भयो र यसलाई अनुसूची एकको वस्तुको रुपमा सूचीकृत गरियो ।  

यसपछि विश्वभर यसको खेतीबारे माहोल बन्यो । गत वर्ष सरकारले बजेटमै यसलाई खेतिको रुपमा विकास गर्ने निित लियो । सरकारले एउटा कार्यदल बनाएर अध्ययन पनि गरेको थियो । तयसबाट लागू औषध नियन्त्रण ऐन २०३३ ले गरेको व्यवस्था सुधार गरे यसलाई व्यवसायिक खेतिको रुपमा अघि बढाउन सकिने देखियो । ऐन छ तर नियमावली बनेको छैन ।

नियमावली बनाएर खेति खुकुलो बनाउनु पर्छ । कृषि मन्त्रालय गाँजाको उन्नत बिउ, उत्पादनका लागि सघाउन तयार छ । वनस्पती विभागले नेपालमा पाउने जडिबुटीको गुण र विशेषताका आधारमा सूचीकरण गर्छ । त्यहाँबाट पनि सहयोग लिन सकिन्छ । गाँजा नेपालको प्राकृतिक वातावरणमा हुर्किने प्रजाती हो । यसलाई त खेति गर्नै पर्दैन । आफैं गज्जबसँग उत्पादन र फैलिने वनस्पतीको प्रजाती हो । भावी दिनमा व्यवसायीक रुपमा लैजान सकियो भने बाँझो जग्गाको उपयोग गर्न सकिन्छ । पहाडको बाँदर आतंक पनि हटाउन सकिन्छ ।

ऐनले पूर्ण रुपमा व्यवसायिक खेतिलाई रोकेको त छैन तर बिक्रि वितरण र अनुसन्धान गर्न सकिने भनेको छ । औषधिय गुण छ, औद्योगिक प्रयोजन पनि छ । हामीले पहिलो पटक उत्पादन गरेर विश्वमा जान सक्यौं भने हामी विश्व बजारमा स्थापित हुन सक्छौं ।

कपास विकास जस्तै हामीले खास समिति वा बोर्ड गठन गरेर नियमनकारी ढंगबाट गाँजाको विकास गर्न सक्छौं । विष र रक्सी जस्तो पदार्थ त नियमन गरेर चलाएका छौं भने यो औषधिय र औद्योगिक गुण भएको वनस्पतीलाई व्यवसायीक खेति गर्न कठिनाई छैन् । गृह मन्त्रालयले ऐन संशोधन गरेर नियमावली बनाएर सहयाजीकरण गरोस भन्ने चाहेका छौं । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...
कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले...