नेभिगेशन
समाज

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बिहीबार बसेको सचिवालय बैठकले मतदाता नामावली सम्बन्धी थप निर्णय पनि गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । 

Ncell
Extreme Energy

यस्तै गत भदौ २३ र २४ गते जेनजीहरुको आन्दोलनपछिको संवेदनशील विषयलाई केन्द्रमा राख्दै “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको विशेष एजेन्डा र  बाचापत्रको प्रमुख मुद्दा “विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार” प्रति वर्तमान सरकारले देखाएको चासोलाई स्वागत समेत गरेको छ । 

पार्टी आफैले उठाएको मुद्दा र  यस प्रक्रियाको ब्लुप्रिन्ट पार्टीसँग भएका कारणले यस सम्बन्धमा पार्टी अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहने रास्वपाले जनाएको छ । साथै रास्वपाको पूर्वनिर्धातिर महाधिवशनसम्बन्धी छलफलका लागि विस्तारित बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको छ । 

रास्वपाले बैठकपछि जारी गरेको विज्ञप्तीमा भनिएको छ,ुपार्टीको पहिलो ऐतिहासिक महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा, वर्तमान सरकारले २०८२ फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी, महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय आगामी विस्तारित बैठकमा प्रस्ताव गर्ने । त्यसका लागि असोज ७ गते केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...