नेभिगेशन
मुख्य समाचार

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बिहीबार बसेको सचिवालय बैठकले मतदाता नामावली सम्बन्धी थप निर्णय पनि गरेको छ । 

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । 

यस्तै गत भदौ २३ र २४ गते जेनजीहरुको आन्दोलनपछिको संवेदनशील विषयलाई केन्द्रमा राख्दै “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको विशेष एजेन्डा र  बाचापत्रको प्रमुख मुद्दा “विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार” प्रति वर्तमान सरकारले देखाएको चासोलाई स्वागत समेत गरेको छ । 

पार्टी आफैले उठाएको मुद्दा र  यस प्रक्रियाको ब्लुप्रिन्ट पार्टीसँग भएका कारणले यस सम्बन्धमा पार्टी अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहने रास्वपाले जनाएको छ । साथै रास्वपाको पूर्वनिर्धातिर महाधिवशनसम्बन्धी छलफलका लागि विस्तारित बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको छ । 

रास्वपाले बैठकपछि जारी गरेको विज्ञप्तीमा भनिएको छ,ुपार्टीको पहिलो ऐतिहासिक महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा, वर्तमान सरकारले २०८२ फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी, महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय आगामी विस्तारित बैठकमा प्रस्ताव गर्ने । त्यसका लागि असोज ७ गते केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...
काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

काठमाडौँमा चिनियाँको 'म्यारिज ब्यूरो', नेपाली युवतीलाई चिनियाँसँग 'बिहे गराउने धन्दा'

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ...
आजको मौसमः देशभरको मौसम  सफा रहने

आजको मौसमः देशभरको मौसम सफा रहने

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।