नेभिगेशन
सबै कुरा

रवि लामिछानेसँग रोल्पाबासीको गुनासो – थबाङ ‘सुनबाङ’ भयो


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग थबाङबासीले परिवर्तनको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । जनयुद्धको उद्गम स्थान रोल्पाबासीले ठूलो परिवर्तनको आशा गरेपनि सो अनुसारको कार्य नभएको र आफ्नो अवस्था जस्ताकोतस्तै रहेको गुनासो पोखेको सभापति रवि लामिछानेले बताए । 

Ncell
Extreme Energy

पार्टीको दस्तावेजका लागि जनगुनासो सुन्न लामिछाने अहिले रोल्पाको थबाङमा छन् । लामिछाने मंगलबार रोल्पा पुगेका थिए । उनले आज थबाङ गाउँपालिका वडा नम्बर १ का स्थानीयको घरघरमा पुगेर उनीहरुको गुनासो सुनेका थिए । सो क्रममा लामिछानेसँग स्थानीयले थवाङको परिचय अब ‘सुनवाङ’ भएकोप्रति दुःख व्यक्त गरेको बताए । उनले भने, ‘आजको कार्यक्रममा हामीले स्थानीयको घरघरमा पुगेर उनीहरुको गुनासो सुन्ने प्रयास गर्यौँ ।  स्थानीयले हामीसँग थवाङबाट राजनीति गरेर सत्तामा पुगेकाहरुले यहाँको अवस्था सुधारको लागि उल्लेख्य कार्य गर्न नसकेको भन्दै अक्रोश व्यक्त गरे ।’


थबाङबासीले सुनवाङ भन्नुको कारण हो पछिल्लो सुन प्रकरण । अहिले चर्चामा रहेको ३ सय २ किलो सुन प्रकरणमा माओवादी नेताहरुको प्रत्यक्ष संलग्नता देखिएको छ । रोल्पाबाटै चुनाव जितेका माओवादी उपमहासचिव वर्षमान पुनका सहोदार भाई प्रनिश पुन मगर सुन प्रकरणका अभियुक्त दावा छिरिङसँग व्यवसायिक साझेदार छन् । रोल्पा थवाङकै अमला रोकाको सुन पगाल्ने कम्पनीदेखि क्यासिनो, अटोमोबाइल्स, सुन उत्खनन् गर्ने लगायत करिब दर्जन कम्पनीहरुमा लगानी छ । उनी शहिद पत्नी समेत हुन् । जनयुद्ध लडेर जीवनस्तर परिवर्तनको आशा जगाएका नेताहरुले आफू र आफ्ना आसेपासे पोस्ने मात्र कार्य गरेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । 


यसअघि हार्मीसँगको कुराकानीको क्रममा थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले पनि हामीसँग अपेक्षित परिवर्तन नदेखिएको गुनासो गरेका थिए ।

लामिछाने रोल्पा पुग्दा उनीहरुले गुनासो सुनाउने मौका पाएको बताएका छन् । थावाङका स्थानीयका अनुसार उनीहरुले यसअघि केन्द्रिय नेतासँग प्रत्यक्ष गुनासो राख्ने मौका समेत पाएका थिएनन् । उनीहरुले रास्वपाले सुरु गरेको जनता भेट्ने कार्यक्रमको निरन्तरको आकांक्षा राखेका छन् । 


राष्ट्रिय स्वतन्त्र पार्टीले दस्तावेज निर्माणको लागि जनताको आवाज सुन्ने पहिलो चरणको कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम असोज ३ गतेदेखि ७ गतेसम्म चल्ने छ । जसका लागि पार्टीले १९ जना नेताहरुलाई १९ जिल्लाका बिभिन्न ठाउँहरुमा खटाएको छ । उनीहरुले जनताको आकांक्षालाई समेटेर दस्तावेज निर्माणको निर्माणको लागि सुझाव दिनेछन् र सोही अनुसारको दस्तावेज निर्माणको प्रक्रिया अघि बढ्ने छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।