नेभिगेशन
नेताका कुरा

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच आज करिव आधा घण्टा छलफल भएको छ । प्रधानमन्त्रीसँगको भेटका लागि सभामुख अर्याल प्रधानमन्त्रीको कार्यालय गएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री–सभामुख भेटमा समसामयिक विषयमा छलफल भयो । तर, कुन कुन समसामयिक विषयमा छलफल भयो भन्ने चाहिँ कसैले खुलाएनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्यालयबाट बाहिरिए लगत्तै सभामुख अर्याल संसद् भवन पुगेका थिए । उनी संसद् भवन पुगे लगत्तै संसद् बैठक सुरु भयो ।

Ncell
Extreme Energy

यसअघि गत साता पनि प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच करिव १ घण्टा लामो छलफल भएको थियो ।

दुई साता लामो विश्रामपछि संसद् बैठक बस्ने एक दिनअघि उनीहरुका बीचमा छलफल भएको थियो ।

उक्त भेटमा सभामुख अर्यालले सीमा सम्बन्धी अभिव्यक्तिका बारेमा विपक्षी दलहरुले सदनमा निरन्तर विरोध जनाइरहेका कारण सदनमा आएर सम्बोधन गरिदिन सभामुखलाई आग्रह गरेका थिए ।

उनको आग्रहमा प्रधानमन्त्रीको जवाफ थियो– ‘विचार गर्छु ।’

त्यसयता पनि बालेन संसद् गएका छैनन् र सम्बोधन गरेका छैनन् ।

सम्भवतः त्यही विषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै