नेभिगेशन
मुख्य समाचार

क्यान्सरपीडित श्रीमती पिठ्युँमा बोकेर सुनकोशी पुगे, सँगै नदीमा फाल हालेर बेपत्ता भए

काठमाडौं । २०८३ साउन २० गते साँझ ५ बजे । दोलालघाटको भित्री बजारमा एक वृद्ध लयमा हिँडिरहेका दम्पती देखिन्छन् । वृद्ध फुर्तिलै छन् । हिँडाइ पनि टठिलै देखिन्छ । कुर्था सुरूवाल, ढाका टोपी लगाएका वृद्धले पिठ्युँमा श्रीमतीलाई बोकेका छन् ।

श्रीमती केही अशक्तजस्ती देखिन्छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शान्त लयमा उनले श्रीमानलाई अँगालो हालेकी छन् ।

Ncell
Extreme Energy

दोलालघाट बजारमा कैद भएको सिटिसिटीमा वृद्ध निकै हतारमा देखिएका छन् । उनी दायाँबायाँ नहेरी एकतमासले हिँडिरहेका छन् ।

साँझ पर्न लागेको समय, आकाश धुम्किएकै छ । पानी पर्लापर्लाजस्तो पनि छ । परिहालेको चाहिँ छैन ।

मानिसहरू आफ्नै धुनमा छन् । बर्खामास भएकाले बजार क्षेत्रमा मानिसहरूको आउजाउ उतिसारो छैन ।

शान्त लयमा रहेको बजारमा एकाएक खैलाबैला मच्चिन्छ– मन्दिरछेउबाट सुनकोशीमा मान्छे हाम फाले!

को, कहाँबाट, कसरी हाम फाले? बजारका मानिसहरूले खासै भेउ पाउँदैनन् । एकछिन पनि थाहा हुन्छ– सुनकोशीमा फाल हालेर अलप हुने अरू कोही नभएर तिनै वृद्ध दम्पती हुन्छन्, जो अघि बजार क्षेत्रमा देखिएका थिए ।
तत्क्षण नै प्रहरी आइपुग्छ र खोजी थाल्छ । रातिसम्मै खोजी गर्दा पनि सास र लासको टुंगो लाग्दैन ।

वृद्ध दम्पतीको खोजी कार्य बिहीबार पनि जारी छ । तर उनीहरूको अवस्था पत्ता लागेको छैन ।

घटनाबारे हामीले मण्डनदेउपुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोध्यौं ।

उनका अनुसार त्यसरी बेपत्ता हुने कुन्ताबेसीका वृद्ध केदारनाथ पराजुली र उनकी श्रीमती तीलकुमारी पराजुली हुन् ।

श्रीमान् केदार ६८ वर्षका भए । पत्नी तीलकुमारी ६७ वर्षकी भइन् ।

मण्डनदेउपुर–७ निवासी पराजुली दम्पती मध्यम आय भएको परिवार हो । घरमा एक छोरा, बुहारी र एक नाती र एक नातिनी छन् । तीन छोरीको बिहे भइसकेको छ ।

बुढाबुढी छोराबुहारीसँगै बस्दै आएका थिए ।

छोरा खेतीकिसानी गर्छन् । बुहारी गाउँनजिकैको विद्यालयमा पढाउँछिन् । 

पारिवारिक कलह पनि त्यति सुनिएको थिएन ।

पत्नी तीलकुमारी बोन म्यारो क्यान्सरपीडित थिइन् । उनको उपचार गरिरहनुपर्थ्यो । परिवारमा त्यसको ताडना पनि गाउँलेहरूले महसुस गरेका थिएनन् । वडाध्यक्ष पौडेलका अनुसार २१ महिनाअघि तीलकुमारीलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

‘उहाँहरू मेरै वडाको हो । कुन्ताबेसी चोककै हुनुहुन्छ उहाँहरू । त्यति समस्यामा परेको पनि थाहा थिएन । पत्नी क्यान्सरको बिरामी हुनुहुन्थ्यो । अशक्त पनि हुनुभएको थियो, क्यान्सर रोग खर्चिलो र उपचार गराइरहनुपर्ने पनि भएकाले अस्पताल गइरहनुपर्थ्यो, हामीले थाहा पाएको त्यति हो,’ वडाध्यक्ष पौडेलले भने ।

पौडेलका अनुसार वृद्ध दम्पतीले बुधबार साँझ आफैले गाडीको प्रबन्ध गरेर दोलालघाट पुगेको खुलेको छ । दोलालघाट बजार क्षेत्रसम्म गाडीमै गएको पनि पत्ता लागेको छ । गाडीबाट झरेर पत्नीलाई बोकेर सुनकोशीतर्फ जाँदै गरेका पनि उनै वृद्ध हुन् ।

‘के कारणले फाल हाल्नुभयो र बेपत्ता हुनुभयो, खुलीसकेको छैन । हिजो साँझदेखि हामी खोजीमा जुटेका छौं । अहिले तेमालबेसीसम्म आइपुगिसकेका छौं । भेटिएको छैन,’ उनले भने ।

वृद्ध दम्पती काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका हुन् ।

घटनापछि प्रहरी चौकी पाँचखाल र दोलालघाटबाट खटिएको प्रहरी टोलीले सुनकोशी नदी आसपास खोजी अभियान सञ्चालन तीव्र गरेको थियो । अहिले सशस्त्रसमेत मिसिएर र्‍याफ्टिङ बोटसहित खोजी गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।