नेभिगेशन
नेताका कुरा

एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भव्य’ स्वागतको तयारी गरेको छ।

गत फागुन दोस्रो सातादेखि विदेशमा रहेका देउवा यही साउन २८ गते विहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । उनी विमानस्थलमा अवतरण भएलगत्तै भव्य स्वागत गर्ने इतर पक्षको तयारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज पनि दिनभर जसो इतरपक्षका नेताहरुले २९ गते हुने राष्ट्रिय भेला र त्यसको अघिल्लो दिन हुने देउवाको आगमनको स्वागतका बारेमा चुनदेवीस्थित सम्पर्क कार्यालयमा छलफल गरेका छन् ।

Marvel
Extreme Energy

देउवाको स्वागतका लागि इतरपक्षका उच्च नेताहरुसँगै हजारौं नेता कार्यकर्ता विमानस्थलमा उतार्ने तयारी छ । नेपाल तरुण दल तथा नेविसंघका कार्यकर्ताहरुसँग समन्वय गर्ने जिम्मेवारी तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र बागमती प्रदेशका पूर्वमन्त्री कुन्दन काफ्लेलाई दिइएको छ ।

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् ।

‘देउवाको स्वागतमा कम्तीमा ५ हजार हाराहारीमा नेता कार्यकर्ताको सहभागिता रहने छ’ युवा तथा विद्यार्थी नेताहरुसँग समन्वय गरिरहेका नेता काफ्लेले भने ।

विशेषगरी काठमाडौँ, ललितपुर र भक्तपुरका नेता कार्यकर्तालाई स्वागतका लागि झण्डा र देउवाको फोटोसहित विमानस्थलमा उपस्थित हुन भनिएको छ ।

साउन २९ गते हुने इतर पक्षको राष्ट्रिय भेलाका लागि २८ गतेसम्म अधिकांश नेता कार्यकर्ता काठमाडौँ पुग्ने छन् । भेलाका लागि आउनेहरु पनि स्वागतका लागि जाने छन्– काफ्लेले भने ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनमा सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

देउवा अहिले हङकङबाट थाइल्याण्डको बैंकक पुगेका छन् । उनी बैंककबाट थाइ एयरवेजको उडानमार्फत २८ गते अपरान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

देउवाले इतरपक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्छन् वा गर्दैनन् भन्ने निश्चित छैन । तर, इतर पक्षका केही नेताहरुले भने देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने दाबी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रवि–बालेनले खोलेको सम्बन्धको नयाँ ढोका

रवि–बालेनले खोलेको सम्बन्धको नयाँ ढोका

त्यतिबेला रविको भारत भ्रमणले निकै चर्चा कमायो, अहिले बालेनको भ्रमणले चर्चा बटुलिरहेको छ । करिव ६ महिनाको अन्तरालमा नेपालबाट भारतमा भएका दुई उच्च नेताको भ्रमणले सबैको ध्यान खिचेको...
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छः गगन थापा

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छः गगन थापा

पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेकाले सोहीअनुसार...
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन...
११ दिनमै फर्किए एनभिडियाका प्रमुख जेन्सेन हुआङ, कर्मचारीले ताली बजाएर गरे स्वागत

११ दिनमै फर्किए एनभिडियाका प्रमुख जेन्सेन हुआङ, कर्मचारीले ताली बजाएर गरे स्वागत

विश्वकै चर्चित चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ पुनः काममा फर्किएका छन्।