नेभिगेशन
मुख्य समाचार

आज पनि गर्मी कायमै, रातिदेखि वर्षा बढ्ने

भोलि पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंसहित पूर्वी नेपालका केही स्थानमा बुधबार पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान गरिएको छ । दिउँसो केही स्थानमा मात्रै वर्षा तथा मेघगर्जनको सम्भावना रहेकाले धेरै ठाउँमा गर्मीको अनुभव हुने देखिएको मौसमविद् विनोद पोखरेलले बताएका छन् ।

उनका अनुसार मंगलबार काठमाडौंमा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको थियो । दिउँसो खासै वर्षा नभए पनि राति भने काठमाडौंमा पानी परेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार दिउँसो वर्षाको सम्भावना थोरै स्थानमा मात्रै रहे पनि रातिदेखि भने पूर्वी नेपालबाट वर्षा बढ्दै जाने पूर्वानुमान छ ।

Ncell
Extreme Energy

बिहीबार विशेषगरी बागमती र गण्डकी प्रदेशका मध्यपहाडी क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पोखरेलले बताएका छन् ।

उनका अनुसार आगामी दिनमा पहाडी क्षेत्रमा वर्षा बढ्ने भएकाले नदी तथा खोलानालाको बहाव बढ्न सक्ने र पहिरोको जोखिमसमेत रहन सक्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।