नेभिगेशन
समाज

काठमाडौँबाट उठाइएका सुकुमबासी ५१ परिवारको जग्गा भेटियो, हुकुमबासी भएपछि कारवाही गर्दै सरकार

काठमाडौँ । काठमाडौँको खोला किनारबाट उठाइएका सुकुमबासी मध्ये ५१ जनाको जग्गा भेटिएको छ । सुकुमबासीको नाममा हुकुमबासी भेटिएपछि सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको छ । 

काठमाडौँका नदी र खोला किनार क्षेत्रमा जोखिमपूर्ण बसोबास गरिरहेको भन्दै सरकारले ३८८ परिवारलाई त्यहाँबाट उठाएर सुरक्षित ठाउँमा स्थानान्तरण गरेको थियो । ती परिवारमध्ये धेरैलाई होल्डिङ सेन्टरमा राखेर व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रक्रिया अगाडि बढाउँदा ५१ परिवारको जग्गा भेटिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् । उनकाअनुसार जग्गा भेटिएका ५१ जनाको सुकुमबासी निवेदन अस्वीकृत गरिएको छ । 

Ncell
Extreme Energy

'होल्डिङ सेन्टरमा ३८८ परिवारको लगत संकलन गरेर विस्तृत विवरण लगिएको थियो । त्यसमा ५८ परिवारको निवेदन फाराम सम्बन्धित जिल्ला र पालिकामा पठाइएको छ,' मन्त्री रावलले भनिन्, '५१ को जग्गा भेटिएकाले निवेदन अस्वीकृत भएको छ । ५१ को पहिले नै आयोगमा दर्ता भएको हुनाले छुट्टै सूचना प्रकाशित हुँदैछ ।'

मन्त्री रावलले सुकुमवासी, अव्यवस्थित बसोबासीको हकमा सरकार गम्भीर रहेको र निरन्तर काम गरिरहेको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...