नेभिगेशन
सबै कुरा

एकै दिन घुम्न सकिने काठमाडौँ उपत्यकाका विश्व सम्पदामा सुचिकृत ७ सम्पदा (तस्विरहरु)

काठमाडौँ । खुल्ला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौँ उपत्यका जहाँ हरेक गल्लीमा भगवानको मूर्ति र हरेक चोकमा मन्दिर देख्न सकिन्छ, त्यति मात्र नभएर पुराना र परम्परागत घरहरु र घरको वास्तुकला पनि आन्तरिक र वाह्य पर्यटक आकर्षणको केन्द्र बन्ने गरेको छ । भनिन्छ, जुन ठाँउसँग सम्बन्धित किम्बदन्तीहरु धेरै हुन्छ, त्यस ठाँउ धार्मिक र साँस्कृतिक दृष्टिकोणले धनी हुन्छ । त्यस्तै ठाँउहरु मध्ये एक हो काठमाडौँ उपत्यका ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यकाका विश्व सम्पदामा सूचिकृत ७ सम्पदाहरु केबल एक दिनमै घुम्न सकिने विश्वका कम देशहरुमध्ये एक पनि हो । पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरवार स्क्वायर, पाटन दरवार स्क्वायर, हनुमान ढोका दरवार र स्वयम्भु महाचैत्य ।   

Extreme Energy
citizen life

 पशुपतिनाथको मन्दिर


उपत्यकाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो पशुपतिनाथ मन्दिर । सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । काठमाडौँ उपत्यकाकै प्राचीन धार्मिकस्थलको रुपमा पशुपतिनाथ मन्दिर रहेकोले यस मन्दिर पर्यटकहरुको भ्रमण लिस्टको पहिलो नम्रबरमा पर्ने गर्दछ । नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिरको छानामा सुन र तामाको प्रयोग गरिएको छ भने यस मन्दिरका चार मुख्य ढोकाहरू चाँदीका रहेका छ ।

बौद्ध स्तुपा


पशुपतिनाथ मन्दिरबाट करिव १० मिनेटको समयमा पुग्न सकिने अर्को विश्व सम्पदा क्षेत्र हो बौद्ध स्तुपा । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीहरुको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुपा पर्यटकहरुको आकर्षणको केन्द्र पनि हो । यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको हो ।

चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा भएको हो ।  यस मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्दछ । भक्तपुर नगरबाट ६ कि।मी। उत्तरमा  र राजधानी काठमाडौँ देखि २० किलोमिटर  टाढा  रहेको चाँगुनारायण मन्दिर बौद्ध स्तुपाबाट जोरपाटि, मुलपानी हुदै २० मिनेटमा पुग्न सकिन्छ ।  ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।

भक्तपुर दरबार स्क्वायर

चाँगुनारायण मन्दिरबाट जम्मा ६.५ कि.मी.मा अवस्थित नेपालको ऐतिहासिक धरोहरका रुपमा विश्वसामु परिचित भक्तपुर दरबार धार्मिक र साँस्कतिक हिसावले पनि निकै महत्वपूर्ण सम्पदाको रुपमा रहेको छ । मल्लकालीन सत्ता संचालनको प्रमुख केन्द्र रहेको भक्तपुर दरबार अहिले भने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र नै बनेको छ, दरवारको वास्तुकला, शिल्पकला र त्यससँग सम्बन्धित किम्बदन्तीले यसलाई अझै सुगन्धित बनाउने गरेको छ । यहाँको पचपन्न झ्याले दरबार, भगवती मन्दिर, तलेजु भवानी मन्दिर, भूपतिन्द्र मल्लको सालिक, सुनको ढोका सम्पूर्ण आकर्षण केन्द्र हो । भक्तपुर दरबार स्क्वायरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदाको सूचिमा सूचिकृत गरिएको हो ।

पाटन दरबार स्क्वायर

काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । यो दरबार क्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो । पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन् । ती हुन् केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक । यी मध्ये केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो ।

भक्तपुर दरवार स्क्वायरबाट ११.५ कि।मी र हनुमान ढोका दरबारबाट जम्मा ५.३ कि।मी टाढा रहेको पाटन दरवार स्क्वायर सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत भएको हो ।      

हनुमानढोका दरबार


हनुमान ढोका वा वसन्तपुर दरबार काठमाडौँ उपत्यकाको ऐतिहासिक दरबारहरु मध्येको एक हो । यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण मन्दिर तथा सम्पदाहरु पनि रहेका छन् जसमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप । यस दरबारलाई सन् १९७९ मै विश्व सम्पदाको सूचिमा सूचिकृत गरिएको हो ।

स्वयम्भू महाचैत्य


काठमाडौँ उपत्यकामा रहेको एक प्रसिद्ध बौद्ध चैत्यको रुपमा रहेको सो स्वयम्भू महाचैत्य उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए  त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ुमन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भू महाचैत्यको उत्पति भएको मानिन्छ ।

संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ । भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गरेकाे पुरानो ग्रन्थहरूमा पाईन्छ ।

 स्वयम्भूलाई हिजोआज मंकी टेम्पलको रुपमा पनि चिनिन्छ । विदेशी र स्वदेशी दुवै पर्यटकहरुको रोजाईमा पर्ने स्वयम्भू महाचैत्य पनि सन् १९७९ मै विश्व सम्पदामा सूचिकृत भएको हो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो...
सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

पर्यटन विभागले आज विज्ञप्ति जारी यही वैशाख १५ गते पहिचान नखुलेको मानव शव फेला परेको जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सो शवलाई विभाग, नेपाल पर्वतारोहण सङ्घ...
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

“हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो”, स्थानीय खगराज घिमिरेले भने, “दुई बजेपछि अन्धकार हुने...
अप्रिलमा १ लाख ७ हजारभन्दा बढी पर्यटकले घुमे नेपाल

अप्रिलमा १ लाख ७ हजारभन्दा बढी पर्यटकले घुमे नेपाल

जसमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ३३ हजार ४ सय ९६ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमन पर्यटक संख्याको करिब ३१ प्रतिशत हो।