नेभिगेशन
समाज

निजामतीबाट ट्रेड युनियनको व्यवस्था औपचारिक रुपमै खारेज

काठमाडौँ । निजामती कर्मचारी सेवाबाट ट्रेड युनियनको व्यवस्था औपचारिक रुपमा नै खारेज भएको छ।

सरकारले सिफारिस गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’ आज राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाबाट ट्रेड युनियनको व्यवस्था औपचारिक रुपमा नै खारेज भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो अध्यादेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रायमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको थियो । ‘अब निजामती सेवामा ट्रेड युनियन रहने छैन’ कानुनमन्त्री सोविता गौतमले भनिन् ।

Ncell
Extreme Energy

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पनि अब निजामती भित्र कुनै पनि प्रकारका ट्रेड युनियन नरहने स्पष्ट पारिन् । उनले भनिन्- ३५ वर्षपछि निजामती सेवाबाट कर्मचारी ट्रेड युनियनको व्यवस्था हटेको छ । 

निजामती सेवाभित्र आधिकारिक ट्रेड युनियनको व्यवस्था थियो भने दलैपिच्छेका कर्मचारी संगठन थिए । अब कुनै पनि संगठन हुने छैनन् ।

यो व्यवस्थाले कर्मचारीहरु राजनीतिक दलहरुबाट टाढा रहने सरकारको अपेक्षा छ ।

यसअघि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको निजामती सेवा विधेयकको मस्यौदामा पनि कर्मचारी कुनै पनि दलमा आबद्ध हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।