नेभिगेशन
समाज

सहरभित्रै चराको स्वर्गः हेटौंडाको अर्बन बर्ड डाइभर्सिटी (तस्बिरहरु)

हेटौँडा । हामी प्रायः चराहरू अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ भन्ने सोच राख्छौं । तर हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार, हेटौंडा उपमहानगरपालिकाभित्र मात्रै ३०० भन्दा बढी प्रजातिका चराहरू अवलोकन गरिएका छन् । यो तथ्यले हेटौंडालाई एक सम्भावित ‘अर्बन बर्डिङ गन्तव्य’ को रूपमा उभ्याउने बलियो आधार प्रदान गर्दछ। हेटौंडा भित्री मधेसमा पर्ने भएकाले यहाँको भू–आकृति अत्यन्त विविध छ। सालको जङ्गल, डाँडाकाँडा, तराइका समथर भूभाग, खोलानाला, सिमसार र खेतीयोग्य जमिन—यी सबैले विभिन्न चराहरूलाई उपयुक्त बासस्थान दिएका छन्। यही विविधताका कारण, यहाँ पहाडी र तराइ दुवै क्षेत्रका चराहरू एकै ठाउँमा देख्न सकिन्छ।

विशेषगरी जाडो महिनामा यहाँ चराहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्छ। खोलानाला, सिमसार र माछापालन क्षेत्रहरूमा पानीसँग सम्बन्धित चराहरूको उपस्थिति धेरै देखिन्छ भने खेतीयोग्य जमिनहरूमा पनि विभिन्न प्रजातिका चराहरू नियमित रूपमा अवलोकन गर्न सकिन्छ। हेटौंडाको अर्को विशेषता भनेको—चरा अवलोकनका लागि टाढा जानु नै पर्दैन। मुख्य बजार क्षेत्रबाट करिब २००–३०० मिटर दूरीमा रहेको फरेस्ट क्याम्पसको जङ्गल भित्र मात्रै झण्डै १५० भन्दा बढी प्रजातिका चराहरू अभिलेख भएका छन्। यस्तो पहुँचयोग्य स्थानमा यति समृद्ध विविधता हुनु आफैंमा ठूलो सम्भावना हो। गरुड, बाज प्रजातिहरू, र अन्य शिकारी चराहरू यस क्षेत्रको खाद्य शृंखलाको महत्वपूर्ण हिस्सा हुन्। साथै, ठेउवा, सुइरो ठुँडे, र खोया हाँस जस्ता पानी र जमिन दुवैसँग सम्बन्धित चराहरू पनि यहाँ नियमित रूपमा देखिन्छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेटौंडा केवल स्थायी रूपमा बस्ने चराहरूको बासस्थान मात्र होइन, यो एक महत्वपूर्ण माइग्रेटरी ९प्रवासी० चराहरूको विश्रामस्थल पनि हो। धेरै प्रजातिका चराहरू माइग्रेसनका क्रममा यहाँ छोटो समयका लागि—कहिलेकाहीँ एक रात मात्र—बस्ने गर्छन् र पुनः आफ्नो यात्रामा अघि बढ्छन्। यसले पनि हेटौंडालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण ecological corridor को रूपमा स्थापित गर्छ। यसरी सहरभित्रै पाइने अर्बन बर्ड डाइभर्सिटीले हेटौंडालाई बर्डवाचिङ, वन्यजन्तु फोटोग्राफी र प्रकृति पर्यटनका लागि उत्कृष्ट गन्तव्य बनाउने सम्भावना बोकेको छ। उचित संरक्षण, हरियाली क्षेत्रको व्यवस्थापन र जनचेतना अभिवृद्धिबाट यसलाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सकिन्छ। अन्ततः, हेटौंडा केवल सहरी विकासको केन्द्र मात्र होइन—यो चराहरूको समृद्ध, गतिशील र जीवित संसार पनि हो, जसलाई चिन्ने, जोगाउने र विश्वसामु चिनाउने समय आएको छ।

Ncell
Extreme Energy

दृष्टान्त बिडारीः नेपाल फोटो लाइब्रेरी 

chara_sidhakura-2-1778048158.jpg

chara_sidhakura-1-1778048159.jpg

chara_sidhakura-3-1778048152.jpg

chara_sidhakura-4-1778048151.jpg

chara_sidhakura-5-1778048146.jpg

chara_sidhakura-6-1778048144.jpg

chara_sidhakura-8-1778048136.jpg

chara_sidhakura-7-1778048136.jpg

chara_sidhakura-9-1778048130.jpg

chara_sidhakura-10-1778048130.jpg

chara_sidhakura-11-1778048123.jpg

chara_sidhakura-12-1778048123.jpg

chara_sidhakura-13-1778048118.jpg

chara_sidhakura-14-1778048118.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...