नेभिगेशन
सबै कुरा

एएफसी च्यालेन्ज लिगः नेपालको चर्च ब्वाइजलाई भुटानको पारो एफसीले हरायो

काठमाडौँ । एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा  सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो । पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक/एक गोल गरे ।

Ncell
Extreme Energy

खेलमा ३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गरेका थिए । 

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए । खेलको ६६औँ मिनेटमा पारो एफसीका लागि विलियम ओपोकुले निर्णायक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

घरेलु मैदानमा पिएसजीको प्रभाव: बार्सिलोनालाई ४–२ गोल अन्तरले हराउँदै शानदार जित दर्ज
रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

८३ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका युवा स्टार कार्लोस एस्पीले गोल गर्दै अन्तर घटाए भने ८५ औँ मिनेटमा एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत खेल ३–३ को रोमाञ्चक बराबरीमा ल्याए।
अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

हलान्डले म्यानचेस्टर सिटीका लेजेन्ड सर्जियो अग्वेरो को ३६ गोलको कीर्तिमानलाई पछि पार्दै च्याम्पियन्स लिगमा सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

खेलको पहिलो हाफमै पीएसजीले पूर्ण नियन्त्रण जमाएको थियो। १३ औं मिनेटमा डेजिरे दुएले काउन्टर-अट्याकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै ९९ सेकेन्डभित्रै ओसमान डेम्बेलेले हेडमार्फत दोस्रो गोल...