नेभिगेशन
सबै कुरा

साफ यू २० च्याम्पियनसिपका खेलहरु सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू २० च्याम्पियनसिपका खेलहरु सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा हुने जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार भाद्र २ गते देखि १२ गतेसम्म हुने साफ यू २० च्याम्पियनसिपको तयारी पुरा भएको र खेलहरु एन्फा कम्प्लेक्समा हुने जनाएको हो । एन्फाका प्रवक्ता सुरेश शाहले सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गर्ने तयारी गरेपनि रंगशालाको अवस्थाका कारण कठिन भएको बताए । म्याच कमिस्नरले निरिक्षणपछि मात्रै सेमिफाइनल र फाइनल खेलहरु दशरथ रंगशाला हुने वा नहुने टुङ्गो लाग्ने उनले बताए । उनले अहिलेका लागि रंगशालाको बिकल्पमा रुपमा एन्फा कम्प्लेक्सलाई स्वीकृत गराइएको जानकारी दिए । प्रवक्ता शाहले रंगशालाको मर्मत सम्भार राम्रोसंग नभएकाले अहिलेको अवस्था आएको उल्लेख गरे ।  

Ncell
Extreme Energy

यू २० च्याम्पियनसिपमा सहभागी हुने ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीताको अनुमानीत बजेट रु ३ करोड १० लाख ५३ हजार ९ सय रहेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...
मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान्...
एमबाप्पेले जिते गोल्डेन बुट

एमबाप्पेले जिते गोल्डेन बुट

विश्वकप २०२६ भर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् ।