नेभिगेशन
सबै कुरा

स्वास्थ्य चौकी छ, जाने बाटो छैन

८ असोज,बागलुङ । सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ । झाडीले घेरिएकोले भवन जीर्ण बन्न लागिसक्यो तर प्रयोग हुने कहिले भन्ने यकिन छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठेखोला गाउँपालिका–२ भीमापोखरा स्वास्थ्य चौकीको भवन बनेको तीन वर्ष पुगिसक्यो । आकर्षक दुईतले पक्की भवनमा अहिले ताला लगाइएको छ । वरिपरि झार उम्रेको छ । बाहिरबाट हेर्दा यो झाडीभित्रको जीर्ण घरजस्तो देखिन्छ । झण्डै  तीनकरोड लागतमा बनेको यो भवन अलपत्र परिरहेको बेला नजिकैको पुरानो भवनमा भने ठाउँ नपुगेर सेवा प्रवाह गर्न बाध्य भइरहेको स्वास्थ्यकर्मी बताउँछन् । 

Ncell
Extreme Energy

नयाँ भवनबाट दिनुपर्ने सेवा पुरानो भवनबाट दिँदा ठाउँ अभाव भएको छ । ‘बर्थिङ सेन्टर’समेत रहेको भीमापोखरामा प्रसूति कक्ष, बिरामी जाँच, स्वास्थ्यकर्मीको आबाससहित प्रशासन कक्ष र ‘कोल्डचेन’ कोठा बनाउन पुग्ने गरी भवन भने अलपत्र परेको हो ।

भवन बनिसकेर पनि स्वास्थ्य चौकीमा जाने सडक नभएपछि अलपत्र परेको हो । पहिला पूर्वी खण्डबाट जाने सडक बनाउने सहमतिअनुसार भवन बनेको थियो भने अहिले पश्चिमतर्फको जग्गा खोजी भएकोमा जग्गावालाले नदिएर भवन उपयोगविहीन भएको स्थानीयले बताएका छन् । “हामीले पूर्वतर्फको बाटोमा जोड्ने गरी भवन बनाएका हौँ, तर अहिले घर जोखिममा पर्ने भएर सडक जोडिएको छैन”, काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सोम शर्माले भने, “पश्चिमतर्पmको सडक खुलाउने सहमति भइनसकेकाले ढिला भएको हो ।” 

स्वास्थ्य चौकीका प्रमुख आशिस सापकोटाले भवन बनिसकेपछि सरुवा भएर आएकाले पूर्वशर्त के कस्तो भएका छन् भन्ने बुझ्न नसकेको जानकारी दिए । 

पूर्वसहमति भएको तर्फको सडक नखुलाइएको र पछि नजिक परेपछि जग्गा माग्दा नपाएको उनले बताए । बनेको भवन जीर्ण भएको तर पुरानो भवनमा बसेर काम गर्न अप्ठेरो भएको स्वास्थ्यकर्मी बताउँछन् । 

स्वास्थ्य चौकीमा दक्ष प्रसूतिकर्मीको दरबन्दी छ तर कोठा अभावमा गोपनीयता स्वास्थ्यकर्मीको गुनासो छ । उपचारपछि राख्ने कोठा तथा सरसफाइका लागि भित्रै शौचालयको अभाव छ । नयाँ भवनमा सबै व्यवस्थापन भए पनि सञ्चालनमा आउन नसकेको हो । बनेको भवन हालको सडकदेखि सिँढीबाट झर्नुपर्ने स्थानमा छ । पश्चिमतर्फ बाँसघारी छ । त्यो फाल्दा पहिरो जाने खतरा छ भने पूर्वतर्फ सडक खन्दा दुईवटा घर बग्ने जोखिम छ । 

स्थानीयले चार रोपनी जमिन दिएपछि भवन बनाउने अवसर पाए पनि प्रयोगमा ल्याउन समस्या भएको वडा अध्यक्ष विद्यापति शर्माले बताए ।

भवन सञ्चालनमा ढिला भएकाले उपचारमा आउने बिरामी पनि फर्केर सदरमुकाम जाने गरेको स्थानीय गीता शाहीले बताइन् । 

“भवन जीर्ण भएको र नयाँमा सर्न नपाएकोले बिरामीले गाडी भेटेसम्म सदरमुकाम धाउँछन्”, उनले भनिन्, “कसको पहलले भवन सञ्चालनमा आउने होला ?” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनःनिर्माण गरिँदै (तस्बिरहरु)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनःनिर्माण गरिँदै (तस्बिरहरु)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, ए.सी जडान गर्ने काम भई रहेको छ । क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले...
दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छः मन्त्री खनाल

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छः मन्त्री खनाल

उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे । “अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा...
पोखराको पृथ्वीचोक नजिकै रहेको सुकुम्बासी बस्ती (तस्बिरहरु)

पोखराको पृथ्वीचोक नजिकै रहेको सुकुम्बासी बस्ती (तस्बिरहरु)

राष्ट्रिय भूमि आयोग कास्कीको पछिल्लो तथ्याङ्क अनुसार पोखरा महानगरभित्र कुल १९ हजार ६३४ घरधुरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्। पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क...