नेभिगेशन
समाज

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू-भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

Ncell
Extreme Energy

देशका पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश र कोशी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि यी हुन् २१ बुँदे कार्ययोजना

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि यी हुन् २१ बुँदे कार्ययोजना

सरकारले पुँजी बजारमा देखिएको शिथिलता हटाउँदै धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यले २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ।