नेभिगेशन
सबै कुरा

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत

८ असोज, चीन ।  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुआत गरेको छ । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । अन्य खेलाडीले खेल्न बाँकी छ । 

आज सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन् । पुरुष ५८ किलोमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भएका हुन् । उनी ४–१२ र २–० अंकले पराजित भए । 

Global Ime Bank

यसैगरी महिला ४९ किलोमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित भइन् । उनी थाइल्याण्डकी खेलाडीसित १२–० तथा १०–० अंकले पराजित भइन् । तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रिक्वाटर फाइनल प्रवेश गरेकी थिइन् । 

यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरुषतर्फ प्रेमबहादुर लिम्बू र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसकेका छन् । एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरुषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ ।  

यसअघि नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य पदक प्राप्त गरेको थियो । 

यसैबीच एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ । समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेलमा हार बेहोरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अरु काण्डमा संसदीय छानबिन समिति बन्ने, भिजिट भिसामा किन नबन्ने ?: दिपक बहादुर सिंह

अरु काण्डमा संसदीय छानबिन समिति बन्ने, भिजिट भिसामा किन नबन्ने ?: दिपक बहादुर सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले अन्य प्रकरणका छानबिन गर्न बनेको संसदीय छानबिन समितिजस्तै भिजिट भिसा प्रकरणमा पनि समिति बन्नुपर्ने माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक...
जुन दलको नेतामाथि औँला उठेको छ, त्यही दलले कुलिङ पिरियड छानबिनको नेतृत्व गर्न मिल्दैनः रास्वपा

जुन दलको नेतामाथि औँला उठेको छ, त्यही दलले कुलिङ पिरियड छानबिनको नेतृत्व गर्न मिल्दैनः रास्वपा

‘त्यस सम्बन्धी विशेष छानबिन समिति बन्दै छ भन्ने कुरा थाहा पायौँ । संसदीय अभ्यासमा त्यसमा हाम्रो सहमति र सहभागिता पनि रहनेछ ।’ गठबन्धनमा सहभागी दललाई दुई ओटा कुरा...
डाक्टरहरुको आन्दोलनले बिरामीको बिजोग (तस्बिरहरु)

डाक्टरहरुको आन्दोलनले बिरामीको बिजोग (तस्बिरहरु)

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
जन्मदिनमा पूर्वराजाको सन्देश, ‘यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो’

जन्मदिनमा पूर्वराजाको सन्देश, ‘यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो’

पूर्वराजा ज्ञानेन्द्र शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार आफ्नो ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले...

भर्खरै