नेभिगेशन
सबै कुरा

१० कराेड खर्चेर कालोपत्रे गरिएकाे सडक तीन महिनामै भत्कियो

९ असोज, भोजपुर ।  कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन् ।  सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो । छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले आवाज उठाएका छन् । ठेकेदार राम पौडलेले काममा लापारबाही गरेको स्थानीयको भनाइ छ । स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको मागसमेत गरेका छन् ।

Ncell
Extreme Energy

कालोपत्र भएको सडक भत्किएर आवतजावतमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जवाफ । छोटो समयमा सडक भत्किएर, खाल्डाखुल्डी परेकाले निर्माणका क्रममा लापरबाही देखिएको उनको भनाइ छ । 

‘स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ’, प्रजिअ घिमिरेले भने, ‘सडक कालोपत्र भएको छोटो समयमा नै भत्किएको अवस्था छ, सडक तोकिएको मापदण्डअनुसार बनेको छैन, सडकको अवस्थाका बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु ।’

सडकलाई गुणस्तरिय तवरबाट निर्माण गर्न पटक÷पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भोजपुर नगरपालिका–५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताए।

‘सडक कालोपत्र भएको तीन महिना मै भत्किएको छ’, फुयाँलले भने, ‘सडक भत्किएर आवतजावतमा समस्या छ, मैले नै सडकको यो अवस्था हेर्न नसकेर सरोकारवाला पक्ष बोलाएर अनुगमन गराएको हुँ, राज्यको पैसाको चरम दुरुपयोग भएको छ, गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।’

यो सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित करिब रु साढे १० करोड लागतमा निर्माण भएको कार्यान्वयन एकाइका कामु आयोजना व्यवस्थापक विरबहादुर रावलले जानकारी दिए । यो सडक विग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उनको भनाइ छ । 

सडकलाई तत्काल मर्मत गर्नका लागि पत्रचार गर्ने उनले जानकारी दिए । ‘सडक भत्किएको विषयमा हामीलाई पनि जानकारी आएको छ’, उनले भने, ‘एक वर्षसम्म सडकको मर्मत संभारको जिम्मा ठेकेदारलाई हुन्छ, त्यहाँ भएका त्रुटीलाई सच्याएर पुनः मर्मतका लागि ठेकेदारलाई पत्राचार गर्छौँ ।’

सडकमा बिच्छ्याइएको सव बेसमा गुणस्तरहिन सामग्री प्रयोग गरेर कालोपत्र गरेको स्थानीयको आरोप छ । समस्याको समाधानमा लाग्नुभन्दा पनि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्क विहिन बन्ने गरेको स्थानीयको भनाइ छ  । तीन महिना बितिसक्दा पनि कालोपत्रको क्रममा विच्छ्याइएको गिट्टी नउँठाउदा दुर्घटनाको जोखिमसमेत बढेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कुन कुन सडक बन्द छन् ?

आज कुन कुन सडक बन्द छन् ?

आज विभिन्न सडकहरु अवरुद्ध छ ।
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ ।
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।