नेभिगेशन
सबै कुरा

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत

९ असाेज, जनकपुरधाम : जनकपुरधाम अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता बिना सञ्चालनमा रहेको पाइएको बताए । उनले मासु जाँचसम्बन्धी ऐन नियमअनुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको बताए । 

Ncell
Extreme Energy

‘धनुषाको मासु बजारका समस्याका विषयमा सञ्चारमाध्यममा समेत समाचार आएपछि अनुगमन गरेका हौँ’, उनले भने, ‘जसमा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पनि पालना नगरेको पायौँ, केहीलाई नियन्त्रणमा लिएका छौँ भने केहीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ ।’ अनुगमनका क्रममा करिब ३० केजी दुषित मासु नष्ट गरिएको छ ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनुषामा कार्यरत डा. राकेश मोहन सिंहले नियन्त्रणमा लिइएका मासु परीक्षणका लागि नमूना प्रयोगशालामा पठाइएको बताए । 

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका सूचना अधिकारी मनोजकुमार कर्णले अनुगमन गरिएका पसलमध्ये अधिकांश दर्ताबिना सञ्चालन भइरहेको पाइएको बताए । उनले ज्यूँदो कुखुरा बेच्ने अनुमति लिए पनि मासु काटेर बेच्ने गरेको, मासु र अण्डा एकै ठाउँमा राखेर बिक्री गरिरहेको पाइएपछि दर्ता गरी मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिएको बताए । 

पशुसेवा विज्ञ केन्द्र प्रमुख डा. ठाकुरले पहिलो चरणमा जनकपुर बजार क्षेत्रमा र त्यसपछि अन्य स्थानमा अनुगमन गरिने बताए । अनुगमनमा मासु पसल, भेटेरेनरी र डेरीको अनुगमन गरिने उनको भनाइ छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषासहित सरोकारवालाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...