नेभिगेशन
सबै कुरा

नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो ।

Extreme Energy

त्यस्तै नेपालका सिमान्त थापाले तेस्रो प्रहारमा गोल गर्दा भुटानका उग्वेन जिग्मेको प्रहार जियारत शेखले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पु¥याए ।

त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको ५६औँ मिनेटमा भुटानले अग्रता लिएको थियो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गोल भएको थियो । 

भुटान  खेलको ७७औँ मिनेटमा १० खेलाडीमा सीमित बन्यो । भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए । किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए । खेलको ७८औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । रातो कार्डपछि नेपालले पाएको फ्रिकिक बलबाट आएको पासबाट निराजन धामीले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए ।

च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

घरेलु मैदानमा पिएसजीको प्रभाव: बार्सिलोनालाई ४–२ गोल अन्तरले हराउँदै शानदार जित दर्ज
रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

८३ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका युवा स्टार कार्लोस एस्पीले गोल गर्दै अन्तर घटाए भने ८५ औँ मिनेटमा एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत खेल ३–३ को रोमाञ्चक बराबरीमा ल्याए।
अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

हलान्डले म्यानचेस्टर सिटीका लेजेन्ड सर्जियो अग्वेरो को ३६ गोलको कीर्तिमानलाई पछि पार्दै च्याम्पियन्स लिगमा सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

खेलको पहिलो हाफमै पीएसजीले पूर्ण नियन्त्रण जमाएको थियो। १३ औं मिनेटमा डेजिरे दुएले काउन्टर-अट्याकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै ९९ सेकेन्डभित्रै ओसमान डेम्बेलेले हेडमार्फत दोस्रो गोल...