नेभिगेशन
सबै कुरा

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, ठक्कर दिने गाडीको पहिचान भएन

 १० असोज, बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । 

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

Global Ime Bank

बाजुराबाट  बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन । 

यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । 

महरालाई ठक्करदिने सवारीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

Re-कृति को शाब्दिक अर्थ "Reuse, Re-purpose, Recycle" हो। "कृति"को अर्थ "कला" हो। नसना भन्छिन्, "हामीले गर्ने काम फेशन मात्र होइन, यो त सिर्जनात्मकता र सचेतनाको मिश्रण हो।"
चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

एलन मस्कले गरे ‘अमेरिका पार्टी’ खोल्ने घोषणा, दलीय राजनीति फेरिने संकेत

एलन मस्कले आफू स्थापनामा लागिपरेको नयाँ पार्टीले अमेरिका लामो समयदेखि दुई मुख्य दल— रिपब्लिकन र डेमोक्र्याटबीच सीमित रहेको राजनीतिक परिपाटीलाई चुनौती दिने दाबी गरेका छन्।
ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए।...