नेभिगेशन
सबै कुरा

सगरमाथासहितका १० हिमालबाट नेपाली सेनाले संकलन गर्यो १०८ टन फोहर

१० असोज, काठमाडौं । नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो । विश्व पर्यटन दिवसको अवसरमा ‘साथसाथै’ आज आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे  प्रस्तुतीकरण गर्दै नेपाल सेनाको हिमाल सरसफाइ अभियानका निर्देशकसमेत रहेका सहायक रथी सुन्दरकुमार पाण्डेले सगरमाथासहितका १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जानकारी दिए । 

Ncell
Extreme Energy

उनले भने, ‘सन् २०१९ देखि सुरु भएको हिमाल सफाइ अभियानअन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहर सङ्कलन गरिएको छ ।’

‘भावी पुस्ताका लागि हिमाल सफा राखौँ’ भन्ने मूल नारासहित सुरु भएको हिमाल सफाइ अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । उनले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेले गरेको सहयोगको प्रशंसा गरे ।  

‘केही सकारात्मक प्रयास भएको  छ । यद्यपि सामूहिक सहकार्य र सरकार तथा सरोकारवालाबीचको समन्वय भएको अवस्थामा हिमाल सफाइ सम्भव छ । यसका लागि हामीले स्थानीय तहलाई पनि जिम्मेवार बनाउन आवश्यकय छ ।’

सहायक रथी पाण्डेले हिमाल सफाइको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकाले यो वार्षिकरूपमा चलिरहेको बताए । उनले थपे, ‘जोखिम र उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाइ अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ । विसं २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन । सन् २०२१, २०२२, २०२३ मा हिमाल बचाउ नारासहित नेपाल सरकारले रु आठ लाख ३० हजार बजेट विनियोजन गरेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

१८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

अविरल वर्षाले आज १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ ।
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।