नेभिगेशन
सबै कुरा

अढाइ वर्षदेखि थन्कियो भन्सारको एक्सरे मेसिन, हातले छामेर जाँचपास

 ११ असोज, कञ्चनपुर । पाँच वर्षअघि सञ्चालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको एक्सरे मेसिन अढाइ वर्षदेखि थन्किएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतबाट आउने यात्रुको स–सामान जाँच तथा सुरक्षाका दृष्टिकोणले पनि एक्सरे मेसिन सञ्चालनपछि सहज भए पनि विगत अढाइ वर्षयता मेसिन सञ्चालन हुन सकेको छैन । सुदूरपश्चिमकै प्रमुख नाका गड्डाचौकीको यात्रु शाखामा स्थापना भएको मेसिन जिर्ण अवस्थामा छ ।

Ncell
Extreme Energy

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले मेसिनको सफ्टवेयरमा खराबी आउँदा मेसिन बन्द भएको बताए । एक करोडको लागतमा भन्सार विभागले खरिद गरी कञ्चनपुर भन्सार कार्यालयमा पाँच वर्षअघि जडान गरिएको थियो ।

गड्डाचौकी भन्सार भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, बैंग्लोर, सिमला, देहरादुन, मुम्बई, हरिद्धारलगायतका ठाउँमा जाने गरेका छन् । पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये पहिलोपटक जडान भएको मेसिन सञ्चालनमा ल्याउन भन्सार कार्यालयकै बेवास्ता देखिएको छ ।

‘मेसिन बनाउन इन्जिनियरसहितको प्राविधिक टोली चाहिन्छ’, भन्सार अधिकृत रावलले भने, ’मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति पनि भएन ।’ एक्सरे मेसिन सञ्चालनमा नआउँदा भन्सार नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारी आउने सामान हातले छामेर जाँच गर्ने गरेका छन् ।

‘मेसिन सञ्चालनका लागि विभागमा पहल गरेका छौँ’, रावलले भने, ‘प्राविधिक टोलीले मेसिन मर्मत गरेपछि पुनः सञ्चालनमा आउँछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ ।
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।