नेभिगेशन
सबै कुरा

सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला

 ११ असाेज, खाेटाङ्ग : रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो । 

Extreme Energy
citizen life

चालक आचार्यको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शङ्कास्पद अवस्था देखिएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिए । “आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको छ”,उनले भने, “आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाबीसमेत भेटिएको छ । यस विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ ।”

बुधबार बेलुकाको खाना खाएर कोठा जानेक्रममा डिलमा राखिएको काठको मुढोसँगै खसेर आचार्यको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताए। “मृतकका आफन्त घटनास्थलमा आइपुगेका छैनन् । उनीहरू आइपुगेपछि मात्रै उनको शव परीक्षण गर्ने कुरा भएको छ”, उनले भने, “घटनाबारे प्रहरीले गर्ने अनुसन्धान भइरहेको छ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।”

दुई छोराका बुबा सुमो चालक आचार्यको मृत्यु भएको खबर पाएपछि उनका आफन्तहरू काठमाडौँबाट घटनास्थल आउँदै गरेको जनाइएको छ । घटनास्थलको प्रमाण सुरक्षित राख्न आचार्यको शव वरिपरि प्रहरीले घेरा हालेर राखेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...
२४ घण्टामा २ हजार १११ सवारी चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा २ हजार १११ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही...