नेभिगेशन
सबै कुरा

पुराना दललाई रविको 'एडभान्स घण्टी','कुन दलको राजनीतिक सटर बन्द गर्ने ४ वर्षले देखाउँछ'

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दललाई ४ वर्षमा ४ वटा मात्रै सही निर्णय गरेर देखाउन चुनौती दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुकमा स्टाटस लेख्दै लामिछानेले २००७ साल देखि मिसनमा रहेका पुराना दलले मिसन ८४ भन्न नसुहाउने भन्दै अबका ४ वर्ष मुलुक सुधार गर्न चुनौती दिएका हुन् । लामिछानेले २०८४ मा कि राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ भन्दै पुराना दललाई एडभान्समा घन्टी बजाएर सचेत गरेको बताएका छन् ।

Ncell
Extreme Energy

यस्तो छ लामिछानेको पुरा अपिलः 

"सम्पूर्ण पुराना दलहरूलाई अपिल देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईँहरू सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौ । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईँहरूको जिम्मा । तर मिशन ८४ भनेर तपाईँहरूले भनेको त फिटिक्कै सुहाएन । तपाईंको लागि त मिसन ८० नै छ त१ मिसन ०७ साल देखि निरन्तर मिसन नै मिशन थियो त ११ केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४ र ४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईँहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४ र ४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर  कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू-भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।