नेभिगेशन
सबै कुरा

पुराना दललाई रविको 'एडभान्स घण्टी','कुन दलको राजनीतिक सटर बन्द गर्ने ४ वर्षले देखाउँछ'

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दललाई ४ वर्षमा ४ वटा मात्रै सही निर्णय गरेर देखाउन चुनौती दिएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै लामिछानेले २००७ साल देखि मिसनमा रहेका पुराना दलले मिसन ८४ भन्न नसुहाउने भन्दै अबका ४ वर्ष मुलुक सुधार गर्न चुनौती दिएका हुन् । लामिछानेले २०८४ मा कि राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ भन्दै पुराना दललाई एडभान्समा घन्टी बजाएर सचेत गरेको बताएका छन् ।

City Express

यस्तो छ लामिछानेको पुरा अपिलः 

"सम्पूर्ण पुराना दलहरूलाई अपिल देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईँहरू सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौ । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईँहरूको जिम्मा । तर मिशन ८४ भनेर तपाईँहरूले भनेको त फिटिक्कै सुहाएन । तपाईंको लागि त मिसन ८० नै छ त१ मिसन ०७ साल देखि निरन्तर मिसन नै मिशन थियो त ११ केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४ र ४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईँहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४ र ४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर  कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

यलुङरी हिमालको हिमपहिरोमा परेर ३ जनाको मृत्युु, ८ बेपत्ता

आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन...
सञ्चारमन्त्री खरेल र गणतन्त्र कोरियाका राजदूत योङबीच शिष्टाचार भेट

सञ्चारमन्त्री खरेल र गणतन्त्र कोरियाका राजदूत योङबीच शिष्टाचार भेट

भेटमा सञ्चारमन्त्री  खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्‍याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।