नेभिगेशन
सबै कुरा

पूर्वअरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन महानगरलाई अदालतको आदेश

१२ असोज, काठमाडौँ : पूर्वअरनिको यातायातले काठमाडौँको जडिबुटीमा निर्माण गरेको बसपार्क तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात  प्रा.लि.ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रवार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

Ncell
Extreme Energy

‘छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालिन अन्तरिम आदेश गरिएको छ।’, असोज १४ गते दुवै पक्षलाई छलफलमा बोलाएको अदालतले महानगरलाई भनेको छ । 

करिब १० करोड रुपैयाँ खर्चेर पूर्वअरनिको यातायातले जडीबुटीमा सुविधासम्पन्न बसपार्क निर्माण गरेर संचालनमा ल्याउने तयारी गरेको छ । तर काठमाडौं महानगरपालिकाले उक्त बसपार्क सञ्चालन गर्न नदिने भन्दै अडान राखेपछि संचालनको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालन हुने वा नहुने अन्योल उत्पन्न गराएको थियो । 

महानगरपालिकाले यात्रु चढाउन तथा ओराल्न गोंगबुस्थित बसपार्कमै पुग्नुपर्ने नियम बनाएपछि पूर्व अरनिको यातायातले निजी जग्गा भाडामा लिएर आफ्नै लगानीमा बसपार्क बनाएको हो । यातायात कम्पनीले करीब १४ रोपनी जग्गा ५ वर्षका लागि लिजमा लिएर बसपार्क निर्माण गरेको छ।

जडिबुटीमा निर्माण सम्पन्न भएको बसपार्क दशैं अगाडिबाट नै सञ्चालनमा ल्याउने यातायात कम्पनीको तयारी छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ ।
भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

प्रहरीले सुरू गरेको ‘टिमुरे टु त्रिवेणी’ अभियान के हो ?

भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन नेपाल प्रहरीले उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश भू-भागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।