नेभिगेशन
सबै कुरा

पूर्वअरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन महानगरलाई अदालतको आदेश

१२ असोज, काठमाडौँ : पूर्वअरनिको यातायातले काठमाडौँको जडिबुटीमा निर्माण गरेको बसपार्क तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ । 

महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात  प्रा.लि.ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रवार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

Dish Home
Global Ime Bank

‘छलफल हुने मितिसम्म सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालिन अन्तरिम आदेश गरिएको छ।’, असोज १४ गते दुवै पक्षलाई छलफलमा बोलाएको अदालतले महानगरलाई भनेको छ । 

करिब १० करोड रुपैयाँ खर्चेर पूर्वअरनिको यातायातले जडीबुटीमा सुविधासम्पन्न बसपार्क निर्माण गरेर संचालनमा ल्याउने तयारी गरेको छ । तर काठमाडौं महानगरपालिकाले उक्त बसपार्क सञ्चालन गर्न नदिने भन्दै अडान राखेपछि संचालनको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालन हुने वा नहुने अन्योल उत्पन्न गराएको थियो । 

महानगरपालिकाले यात्रु चढाउन तथा ओराल्न गोंगबुस्थित बसपार्कमै पुग्नुपर्ने नियम बनाएपछि पूर्व अरनिको यातायातले निजी जग्गा भाडामा लिएर आफ्नै लगानीमा बसपार्क बनाएको हो । यातायात कम्पनीले करीब १४ रोपनी जग्गा ५ वर्षका लागि लिजमा लिएर बसपार्क निर्माण गरेको छ।

जडिबुटीमा निर्माण सम्पन्न भएको बसपार्क दशैं अगाडिबाट नै सञ्चालनमा ल्याउने यातायात कम्पनीको तयारी छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको...
रास्वपाको स्पष्टीकरणः 'संसद् रोक्न होइन, पीडितको न्यायका लागि आन्दोलन गरेका हौं'

रास्वपाको स्पष्टीकरणः 'संसद् रोक्न होइन, पीडितको न्यायका लागि आन्दोलन गरेका हौं'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूले संसद अवरुद्ध गर्नका लागि नभई भीजिट भिसा प्रकरणका पीडितले न्याय पाउनुपर्छ भनेर संसदमा आन्दोलन गरेको बताएको छ । पार्टीले बुधबार एक विज्ञप्ती सार्वजनिक...
महानगर यातायात सञ्चालकको गुनासोः ‘हाम्रो नाम र रङ कपी गरेर चलेका नक्कली महानगरका गाडीले हैरान पारे’

महानगर यातायात सञ्चालकको गुनासोः ‘हाम्रो नाम र रङ कपी गरेर चलेका नक्कली महानगरका गाडीले हैरान पारे’

‘बिडम्बना यतिसम्म छ कि यात्रुहरुले बसमा आफ्नो महत्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातायातको कार्यालयमा आउँदा उनीहरुले यात्रा गरेको बस नक्कली महानगर भएको थाहा हुन्छ...
युट्युबर प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा रिहा गर्न आदेश

युट्युबर प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ जिल्ला अदालतले युट्युबर प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि दाहाललाई धरौटीमा रिहा गर्न आदेश भएको हो ।

भर्खरै