नेभिगेशन
सबै कुरा

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि टायर बालेर प्रदर्शन, प्रहरी र आन्दोलनकारीबीच झडप

१३ असोज, सुर्खेत । सुर्खेतको वीरेनद्रनगरमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ मा भएको दुर्घटनामा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोटरसाईकलको ठक्करबाट घाइते भएका गिरीको उपचारको क्रममा आज बिहान कर्णली केयर अस्पतालमा मृत्यु भएको हो । दुर्घटना भएपछि मोटरसाइकल चालक फरार भएका छन् । 

Extreme Energy

सोही घटनापछि अहिले आफन्तले बालकका आफन्तले वीरेन्द्रनगरको  मंगलगढीमा प्रदर्शन गरिरहेको छन् । उनीहरुले टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् भने उनीहरुले बजारका सटरहरु बन्द गराउँदै हिडेका छन् । उनीहरुले फरार चालाकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । 

बालकको मृत्युपछि आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ । प्रहरीले उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...