नेभिगेशन
सबै कुरा

दोलखामा पुनः ४ किलो अवैध सुन बरामद, हालसम्म ११ किलो फेला

१४ असाेज, दाेलखा : दोलखाको बिगु गाउँपालिकामा पुनः ४ किलो अवैध सुन बरामद भएको छ । जिल्लाको बिगु गाउँपालिका–१, लामबगरबाट उक्त सुन बरामद गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले केही दिनअघि अघिमात्र सोही गाउँपालिकाबाट २ चरण गरेर ७ किलो सुन बरामद गरेको थियो । सोही प्रकरणको अनुसन्धान गर्ने क्रममा आइतबार थप ४ किलो सुन बरामद भएको हो । योसँगै पछिल्लो समय दोलखाबाटमात्र ११ किलो अवैध सुन बरामद भइसकेको छ । 

Extreme Energy

गत असाेज ११ गते प्रहरीले दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट चार किलो अवैध सुनसहित पाँच जनालाई पक्राउ गरेको थियाे भने त्यसकै भाेलिपल्ट अर्थात १२ गते साेही स्थानबाट प्रहरीले थप तीन केजी सुन बरामद गरेकाे  थियाे । 

प्रहरीले सुन तस्करी गरेको आरोपमा दाेलखाबाट हालसम्म ६ जना पक्राउ गरिसकेको छ । 


सम्बन्धित समाचार:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...