नेभिगेशन
सबै कुरा

बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ?

गण्डकी । मनसुनीयामको आखिरितिर भएको अधिक वर्षापछि निम्तिएको विपद्ले केही दिनयता मुलुक आक्रान्त छ । गृह मन्त्रालयका अनुसार बाढी, पहिरा र डुबानका घटनामा परी हालसम्म दुई सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, एक ५८ जना घाइते भएका छन् । भौतिक क्षतिको विवरण यकीन हुन सकिरहेको छैन । सडक, पुललगायत पूर्वाधार क्षेत्रमा रु २५ अर्बभन्दा बढीको नोक्सान पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपद्का कारण घरबास गुमेपछि कैयौँ परिवार विस्थापित हुन बाध्य भएका छन् । बाढी, पहिराले ठाउँठाउँमा क्षतिग्रस्त बनेका राजमार्ग पूर्ववत् अवस्थामा फर्कन अझ केही समय लाग्ने देखिएको छ । चाडबाडको मुखमा सर्वसाधारणको आवातजावत सहज बन्न सकिरहेको छैन । यसबीच सरकारले मङ्गलबारदेखि बिहीबारसम्म तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्कापछि मानवीय गतिविधि कति जिम्मेवार छन् त ? 

यो प्रश्नमा विज्ञहरूले पछिल्लो समय बाढीपहिराका घटना बढ्दै जानुमा प्राकृतिक मात्र नभई मानवीय कारण पनि दोषी रहेको औँल्याएका छन् । विपद् जोखिम न्यूनीकरण विज्ञ डा वसन्तराज अधिकारीले अव्यवस्थित विकास, प्रकृति दोहन आदि कारणले वातावरणीय सन्तुलन खल्बलिन गई विपद्जन्य घटना दोहोरीरहेको बताए । उनले केही दिनअघिको वर्षाले ल्याउने सम्भावित विपदबारे पूर्वसूचना र चेतावनी दिइए पनि राज्यका संयन्त्र र सर्वसाधारणले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताए । 

“खोला छेउछाउ नबस्नु, रातिमा यात्रा नगनूु भनेर सरकारले नै सूचित त गरेको थियो, तर त्यसको संवेदनशीलतालाई हामीले कम बुझ्यौँ कि भन्ने लागेको छ”, उनले भने, “खोला किनारमा बस्ती नबसाउन त विज्ञहरुले नै पटकपटक सुझाउँदै आएका छन्, सरकारले पनि मापदण्ड बनाएको छ, तर त्यो समस्या अहिले पनि ज्यूँकात्यूँ छ ।” त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशकसमेत रहनुभएका डा अधिकारीले काठमाडौँ उपत्यकामा बाढी र डुबानका घटना हुनुमा नदी अतिक्रमण पनि एउटा कारकका रुपमा रहेको बताए । 

धेरै वर्षपछिको अधिक वर्षा र त्यहीँमाथि एकै ठाउँमा लगातार वर्षा हुँदा विपद्को जोखिम बढी हुने उनको भनाइ छ । काठमाडौँ उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा मापन हुनुले चरम मौसमी घटना बढ्दै गएको देखाएको डा अधिकारीले उल्लेख गरे । विविधतापूर्ण भौगोलिक अवस्थितिका कारण नेपालमा वर्षाले पु¥याउने क्षतिमा पनि भिन्नता देख्न सकिने उनको भनाइ छ । “नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ कास्कीको लुम्ले हो, अब त्यहाँको भू–बनोटले वर्षालाई झेलिसक्यो, तर उसैगरी तराई या पूर्वी पहाडी जिल्लामा वर्षा भयो भने त्यसले बढी क्षति पु¥याउँछ ।”

डा अधिकारीले विकास आयोजनाका इञ्जिनियरिङ डिजाइनलाई ‘प्याराडाइम सिफ्ट’ गर्ने बेला भएको बताए । उनले पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनमैत्री ढङ्गले काम गर्नुपर्ने बताए । “पहिले बनाएका सडक, पुलले अब थेग्न छाडिसके, वर्षा हुँदा पुलमाथिबाटै खोला बग्ने स्थिति आयो”, उनले भने, “परिवर्तित अवस्थाअनुसार विकासका कामलाई अगाडि बढाउनुपर्छ ।” जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर नेपालको हिमालय क्षेत्रमा परेको र हिमताल विष्फोट, हिमपहिरो आदिले कुनै पनि बेला विपद् निम्तनसक्ने हुँदा तटीय क्षेत्रमा सजगता अपनाउनुपर्ने उनको भनाइ छ ।

पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालले विकास गतिविधिमा वातावरणीय पक्षको बेवास्ता गर्दा वर्षाका कारण क्षति बढी भएको बताए । सडक निर्माण गर्दा भिरालो जमिनको संवेदनशीलतालाई खल्बलाएर जथाभावी डोजर चलाउँदा पहाडी भेगमा पहिराका घटना बढिरहेको उनले बताए । “बाढीमा पानी मात्र नभई अत्यधिक लेदो बगेको हुँदा त्यसले तल्लो तटीय क्षेत्रमा शृङ्खलाबद्ध रुपमा असर बढाउँदै लगेको देखिन्छ”, अर्यालले भने, “खोला तथा नदीमा भइरहेको उत्खननका कारण पनि लेदोको बहाव बढ्ने र नदीको सतह खल्बलिँदा बाढी अनियन्त्रित हुने गरेको छ ।”

पहाडी पाखामा सडक बनाउने नाममा बिनाअध्ययन मनपरी ढङ्गले भू–सतह खोतल्दा पहाडै बग्नेगरी ठूला पहिरा गइरहेको उनको भनाइ छ । अर्यालले हालैको वर्षा र त्यसले निम्ताएको विपद्मा मानवीय कृयाकलाप पनि जिम्मेवार रहेको बताए । दुई मौसमी प्रणालीको संयोजनबाट वर्षा भएको हुनाले यसलाई जलवायु परिवर्तनसँग जोडिहाल्न भने नमिल्ने उनले बताए । “आरीघोप्टे वर्षा हुनु मुनसुनी प्रकृया नै हो, तर यसबाट सिर्जित विपद्जन्य घटनामा मानवीय कारण पनि जोडिएको छ”, उनले भने । 

अर्यालले जलवायु परिवर्तनका कारण वर्षाको चक्रमा फेरबदल भने देखिन थालेको बताए । कम वर्षा र हिमपात हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रुपमा उच्च वर्षा हुँदा बाढी, पहिरोका घटना बढिरहेको उनको भनाइ छ । गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको घटना त्यसकै एक उदाहरण रहेको उनले बताए ।  

कमजोर भू–बनोट, वनस्पतिविहीन नाङ्गो र भिरालो जमिन भएकाले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढी, पहिरो तथा लेदो बग्ने समस्या निम्त्याउने अर्यालले बताए । जलवायु परिवर्तन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको उनले बताए ।  

हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशीत घटना हुनसक्नेमा विज्ञहरुको चिन्ता छ । “विश्वको औसत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, अर्यालले भने, “विश्वको औसत तापमान १ दशमलव ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दशमलव ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने अनुमान रहेको अध्ययनले देखाएको छ ।”

‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदिप्त गिरीले बालुवा, गिटी उत्खननका नाममा नदीनालामाथि भइरहेको चरम दोहनले बाढी, पहिराका घटनामा सहयोगी भूमिका खेलेको बताए । गाउँघरमा चलिरहेको डोजेरे विकास प्रवृत्ति पनि प्रकृति र पर्यावरणका लागि हानिकारक सावित भइसकेको उनको भनाइ छ । गिरीले नदीनालामाथि भइरहेको मानवीय अतिक्रमण नरोक्ने हो भने मानवजाति र प्रकृतिमाथि नै सङ्कट निम्तने खतरा रहेको बताए । 

“नदीनाला धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएका छन्, यिनलाई जोगाऔँ”, गिरीले भने, “नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन गर्नसकेमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

बिहीवार न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो । सो आदेशसँगै रास्वपा उम्मेदवार रहेका साहको उम्मेदवारी खारेज गर्ने...
सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिए...
स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

आयोगले प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन तीनै तहका सरकार, निजी प्रतिष्ठान तथा सम्बन्धित सबैमा आग्रह गरेको हो । आयोगका...
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी...

भर्खरै