नेभिगेशन
समाज

अनुचित लेनदेनको आरोपमा नेपाली कांग्रेसकी नेतृ शान्ति तिवारी पक्राउ

काठमाडौँ । प्रहरीले अनुचित लेनदेनमा संलग्न आरोपमा शान्ति तिवारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नवलपरासी (सुस्ता पूर्व) घर भएर काठमाडौँ बस्ने ५३ वर्षीया तिवारीलाई विहीबार शान्ति नगरबाट पक्राउ गरिएको हाे ।
 तिवारीविरुद्ध नविना शाही सहित एक दर्जन पीडितहरुले २ वर्षअघिनै प्रहरीमा जाहेरी दिएका थिए । यस अघि राजनीतिक दबाबका कारण जाेगिदै आएकी तिवारीलाइ अहिले भने प्रहरीले पक्राउ गरेकाे पीडितहरुले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


पीडितहरुका अनुसार ४५ जना महिलाहरुलाइ मिटरब्याजकाे जालाेमा फसाएर अकुत असुलेकाे आराेप छ । उनी नेपाली का‌ग्रेसका राजनीति गर्दै आएकी छिन । आफ्नो राजनीतिक प्रभाव देखाएर यस अघि उनी जोगिदै आएकी थिइन् । 

Ncell
Extreme Energy


उनीमाथी नक्कली काराेबार र मिटरब्याजमा किर्ते कागज तथा चेक बाउन्सका मुद्धामा बनाइ पीडितहरुलाइ हैरानी दिएकाे आरोप छ । 
अनुचित लेनदेन सम्बन्धी कसुर गरेको आरोपमा उनलाई प्रहरीले फागुन २८ मा पक्राउ गरेको हो । 


तिवारीले ५७ लाख रुपैयाँ लगानी गरेर १ करोड ४ लाखसम्म मागेर धाक धम्की दिने गरेको पीडितहरुले प्रहरीलाई बयान दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको...
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।