नेभिगेशन
समाज

रास्वपा सांसद् दीपक बोहराद्वारा शुक्रवारदेखि कञ्चनपुरको झलारीबाट सचिवालय सञ्चालन

काठमाडौँ । कञ्चनपुर–२ बा प्रतिनिधिसभा सदस्यमा निर्वाचित दीपक बोहराले आफ्नो  सचिवालय स्थापना गरेका छन् ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै प्रतिनिधिसभा सदस्य बोहराले शुक्लाफाँटा–१० को झलारी बजारमा रहने गरी प्रतिनिधिसभा सचिवालय सञ्चालनमा ल्याएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकसँगको अन्तरक्रियालाई संस्थागत बनाउन तथा उनीहरूका समस्या र सुझाव सुन्न शुक्लाफाँटा–१० को झलारी बजारमा ‘प्रतिनिधिसभा सदस्यको सचिवालय’ सञ्चालनमा ल्याएको जनाएका छन् ।

Ncell
Extreme Energy

उनले भने, ‘सचिवालयमार्फत नागरिकका गुनासा, सुझाव र स्थानीयस्तरका समस्यालाई नियमित रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने तथा समाधानका लागि निरन्तर पहल गरिनेछ। नागरिकसँगको प्रत्यक्ष संवाद, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउँदै कञ्चनपुर(२ को समग्र विकास र जनअपेक्षा पूरा गर्ने हाम्रो प्रयासलाई सचिवालयले अझ व्यवस्थित बनाउने विश्वास लिएका छौं।’

त्यस्तै, उनको सचिवालयले टेलिफोन मार्फत पनि नागरिकका गुनासो, समस्या तथा सुझावलाई लिनसक्ने गरी टेलिफोन नम्बर १८१०५०००२५० (निःशुल्क) सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।