नेभिगेशन
समाज

आधा सिलिन्डर ग्यास बिक्री सुरु गर्दै निगमले भन्यो, ‘यो कृत्रिम अभाव हो, आपूर्तिमा समस्या छैन’

काठमाडौँ । नेपाल आयन निगमले आजबाट आधा ग्यास सिलिन्डर बिक्री गर्न सुरु गरिएको बताएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले कृतिम अभावलाई समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा भरिएको ग्यास विक्रि गर्न थालिएको जानकारी दिए । 

प्रवक्ता ठाकुरले नेपालमा प्रयाप्त रुपमा ग्यास आपूर्ति भइरहेकाले अनावश्यक भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह समेत गरे । उनका अनुसार आजको दिनसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भएपनि भोलीको दिनमा के हुन्छ भन्ने स्पष्ट छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । अहिलेसम्म माग अनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको ठाकुर बताउँछन् । अभाव हुने हल्लाका कारण अनावश्यक रुपमा ग्यासको सञ्चिति बढाएका कारण अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उनको भनाई छ । 

Ncell
Extreme Energy

निगमले डिजेल र पेट्रोलको हकमा १५–१५ दिनमा नयाँ मूल्यसूची आउने भएपनि हवाई इन्धन र एलपि ग्यासको हकमा एक महिनामा नयाँ मूल्यसूची आउने भएकाले नयाँ सूची प्राप्त भएपछि ग्यासमा बृद्धि भएको मूल्य यकिन हुने उल्लेख गरे । त्यसपछि मात्रै ग्यासको मूल्य समायोजन हुने वा नहुने भन्ने आवश्यक निर्णय निगमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।