नेभिगेशन
समाज

नेपाल ओलम्पिक कमिटीले शनिबार काठमाडौंमा एसियन गेम्स फन रन आयोजना गर्ने

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा एसियन गेम्स फन रन आयोजना गर्ने भएको छ ।

ओलम्पिक कमिटीले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जापानमा हुने एसियाली खेलकुद (एसियाड) को प्रचार प्रसार र खेल भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियन गेम्स फन रन आयोजना गर्न लागेको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालयबाट सुरु हुने एसियन गेम्स फन रन ललितपुरको बिभिन्न स्थान हुँदै पाटन डवलीमा पुगेर समापन हुने बताइएको छ ।

Ncell
Extreme Energy

पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडको सफलताको कामना र नेपाली टोलीको उत्साह बढाउन एसियन गेम्स फन रन आयोजना गर्न लागिएको जानकारी दिए ।

एसियाड सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुँदैछ । २० औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भीषण बाढी : खोज तथा उद्धारका लागि समन्वय गर्दै अर्थमन्त्री वाग्ले

रसुवा भीषण बाढी : खोज तथा उद्धारका लागि समन्वय गर्दै अर्थमन्त्री वाग्ले

रसुवामा आएको भीषण बाढीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोज तथा उद्धारका लागि समन्वय थालेका छन् ।
स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

स्थानीय भन्छन्– प्रहरी चौकी, भन्सार कार्यालयदेखि होटल र पसलसम्म केही बाँकी छैन

रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका कपिल पाख्रिनले बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडकमा रहेका सवारीसाधनसमेत बाढीले बगाएको बताएका...
त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

रसुवामा बाढीबाट गम्भीर क्षति, उच्च सतर्कता अपनाउन मन्त्री तिमिल्सिनाको आग्रह

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको बताएका छन्।

भर्खरै