नेभिगेशन
सबै कुरा

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि....

काठमाडौँ ।  विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुदाँ जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो ।

Ncell
Extreme Energy

आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमान ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा विमानको ती यात्रुले विमानको इमरजेन्सी ढोका नजिकै बसेका यात्रुले खोलेका थिए । उक्त घटनापछि चालक दलले विमान पार्किङ–वे मै फकाएएका थिए । उक्त विमानको प्राविधिक जाँच पछि नियमित उडानमा रहेकोे बुद्ध एयरले जनाएको छ ।

यस्ता घटनाले उडान सुरक्षामा खलल पुर्‍याउने यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाइएको छ ।

विगत केही साता यता यात्रुले विमानका इमरजेन्सी ढोका खोलेका घटना सार्बजनिक भएका छन् । गत अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौँ उडानमा र ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौँ उडानमा पनि यात्रुले इमरजेन्सी ढोका खोलेका थिए । यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ ।

हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजायँ हुने प्रावधान छ । उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।
अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा चुरोटमा लगाइएको उच्च करका कारण कालोबजारी र संगठित अपराध बढेको विशेषज्ञहरूले औंल्याएका छन् । उनीहरूले सुर्ती–तम्बाकु कर घटाउँदै कानुनी चुरोटको मूल्य सस्तो बनाउनुपर्ने बताएका हुन् ।